spot_img

पर्वतमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, प्रदेशसभा क्षेत्रीय समितिले गर्याे अन्तरक्रिया

पर्वत/ नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्यसमितिले ४९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । दिवसका अवसरमा समितिले सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय बि.पी स्मृति भवनमा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क ले गरिरहेको अभ्यास, नेपाली काँग्रेसको अवस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बाेल्ने नेताहरुले आगामी २०८४ सालको निर्वाचनमा नेपाली काँग्रेसले कसैसँग पनि गठबन्धन नगरी एक्लै चुनावमा लडेर विजय हुन सक्ने गरी सबैको सक्रियता आवश्यक भएको बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री गोविन्द शाह, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल (रामकृष्ण),  नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा, प्रदेश सभा सदस्य रेखा गुरुङ, महासमिति सदस्य बसन्तबहादुर सिके, जिल्ला कार्यसमिति सदस्य शिव शर्मा अधिकारी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, नेपाली काँग्रेस कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, काँग्रेस पर्वतका पूर्व सचिव विश्वप्रकाश प्रसाईँ, कुश्मा नगरपालिका ४ का वडा अध्यक्ष दिनेश श्रेष्ठ लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस प्रदेश सभा क की कोषाध्यक्ष चित्रकला भारतीले स्वागत मन्त्ब्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव केशवप्रसाद उपाध्यायले गर्नुृभएको थियो । कार्यक्रम प्रदेश सभा क का सभापति राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img

भर्खरै