spot_img

बूढानीलकण्ठबाट २२ किलो सुन बरामद

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्न चपलीमा चिनियाँ नागरिकले भाडामा लिएको घरबाट उक्त सुन बरामद गरेको हो।

सुन ओसारपसारमा संलग्न रहेको आरोपमा तीनजना चिनियाँ नागरिकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना नेपाली महिला पनि रहेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ। बरामद सुनको तौल यकिन गर्ने तथा थप शङ्कास्पद स्थानमा खोजतलास गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी दिन प्रहरीले शुक्रबार दिउँसो १ बजे टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ।
spot_img

भर्खरै