spot_img

सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा नगर प्रमुखको जोड

पर्वत, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कुश्मामा आयोजित बालअधिकार अभिमुखिकरण कार्यक्रममा बोल्दै जोशीले बालबालिकाको अधिकारप्रति सबै सरोकारवाला जिम्मेबार बन्नुपर्ने बताउनुभयो ।
बालबालिकालाई शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा प्रदान गर्दै बालश्रम, शोषण र दुब्र्यवहारबाट मुक्त गर्न सकिएमा मात्रै भोली आउने समाज हामीले खोजेअनुसारको बन्न सक्ने पनि जोशीले बताउनुभयो । बालबालिकाका अधिकारहरुलाई सुनिश्चित गर्नका लागि परिवार, समाज र सबै तहका सरकार जिम्मेबार भएको पनि उहाँको जोड थियो । नगर प्रमुख जोशीले बालबालिकाको संरक्षण र उनीहरुको अधिकारका निम्ति कुश्मा नगरपालिकाले सबै सरोकार राख्ने निकायसंग हातेमालो गरेर अगाडी बढिरहने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, सामाजिक विकास कार्यालयका प्रमुख गोबिन्द पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम वडास्तरीय सिर्जनशिल बाल क्लब सञ्जाल वडा नम्बर ४ को आयोजनामा कुश्मा नगरपालिका, वडा नम्बर ४ कार्यालय, सामाजिक विकास कार्यालयको समन्वय र साझेदारीमा सम्पन्न भएको थियो ।
सञ्चालका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता, सचिव साधना शर्माको सञ्चालन र संरक्षक गंगा शर्माको स्वागत मन्त्ब्यमा भएको कार्यक्रममा कुश्मा नगरपालिकाका अधिकृत आठौ डिलकुमारी शर्मा र प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले बालअधिकार, साइबर अपराध, लागुऔषध दुब्र्यसनीलगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा कुश्मा ४, ५, ६ र ७ वडाका सबै बिद्यालयको प्रतिनिधिमुलक रुपमा बालबालिकाको सहभागीता रहेको थियो ।

spot_img

भर्खरै