spot_img

बकर ईद मनाउँदै मुस्लिम धर्मावलम्बी

पर्वत/ मुस्लिम धर्मावलम्बीहरु बकर इद (इद उल जोहा) मनाइरहेका छन् । इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाइन्छ ।

बकर इल मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व हो । बिहान नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरेर र खसीको मासु खाँदै यो पर्व मनाउने चलन छ । तीन दिन मनाइने यो पर्वमा कुर्बानी गर्नुपर्ने धार्मिक विधि छ ।

यस अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

spot_img

भर्खरै