सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न, जिज्ञासाहरुको नगर प्रमुख रामचन्द्र जोशीले जवाफ दिएका थिए । स्थानीयले ब्यक्त गरेका सुझाबहरु नगरपालिकाले जनताका आकांक्षा पुरा गर्न जनप्रतिनिधि लाइ चुनौती भएको कुरा उल्लेख गरे । उनले नगरको विकास र सम्बृद्धिमा सवैपक्षको हातेमालो हुनुपर्ने समेत धारणा राखे ।
धार्मिक रुपमा निकै पवित्र पाङलाई सिंचाई र खानेपानीको अभाव हुनबाट रोक्न नगरपालिकाले थप पहल गर्ने जोशीले बताए । उनले धार्मिक प्रवद्र्धनसंगै कृषि र खेलकुद मैदान मार्फत पाङलाई देश भर चिनाउने गरी नगरले योजना बनाएको समेत बताए ।
बिदेश जाने दरलाइ रोक्न नसकिने भन्दै बिश्ब बिद्यालय खोले पनि नेपालमा कोहि बस्ने मनस्थितिमा नरहेको भन्दै चिन्ता व्यक्त गरे ।
नगर उपपप्रमुख स्वस्थानी रिजालले पाङको भुगोललाई सुहाउने कार्यक्रमहरु नगरबाट लागू गरिने प्रतिबद्धता ब्यक्त गरिन् । उनले शिक्षा स्वास्थ्य र पर्यटनको क्षेत्रमा पाङमा सुधारको आवश्यकता समेत औल्याइन् ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतम, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारी, वडा अध्यक्ष खगराज पौडेल, राजश्व शाखा प्रमुख डिलकुमारी शर्मा, स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, लगायतले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।
सहभागीहरुले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र कृषि छेत्र संग सम्बन्धित विषयहरुमा जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रश्न सोधेका थिए ।
जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक गणेश गिरीले सहजीकरण गरेको कार्यक्रमको उद्देश्य माथि योजना शाखाका टेकबहादुर परियारलेले बताएका थिए ।