पर्वत– लाइन काटेपछि कुश्मा नगरपालिकाले सडक बत्तीको बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै चैत ५ गतेदेखि कुश्माबजार क्षेत्रकाे बत्तीको लाईन काट्न सुरु गरेको थियोे । कुश्मा नगरपालिकाले बक्यौता मध्ये ५० लाख रुपैयाँ भुक्तानी गरेको नेपाल बिध्युत प्राधिकरण पर्वत बितरण केन्द्रका लेखा प्रमुख गाेविन्दप्रसाद शर्माले जानकारी दिए । शर्माकाअनुसार ताकेता गर्दा पनि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर बिध्युत प्राधिकरण लाइन काट्न बाध्य भएको थियोे । उनकाअनुसार अब नगरपालिकाले हालसम्मको २४ लाख बक्यौता भुक्तानी दिन बाकी छ । नगरपालिकाले बाकी रकम पनि छिट्टै भुक्तानी दिने प्रतिबद्धता जनाएको लेखा प्रमुख शर्माले जानकारी दिए ।
कुश्मा नगरपालिकामा पटक–पटक बसेर भुक्तानीका लागि ताकेता गरेपनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रुपमा बिजुली काट्न थालेको नेपाल बिध्युत प्राधिकरणले जानकारी दिएको थियोे ।
विद्युत प्राधिकरणकाअनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्मा नगरपालिकाले ७४ लाख रुपैयाँ बढी भुक्तानी दिन बाँकी रहेको थियोे । कुश्मा नगरपालिका र विद्युत प्राधिकरणबिच चारबर्ष अघि सडक बत्तीसम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो । यता नेपाल बिध्युत प्राधिकरणले अब भने हरेक बत्तीको मिटर बक राखेर मात्रै सडक बत्तीको लाईन जाेड्ने तयारी गरेकाे छ । सडक बत्तीमा प्रयाेग हुने मिटरबक्स बिध्युत प्राधिकरणले निशुल्क दिने र तार कुश्मा नगरपालिकाले उपलब्ध गराउने सहमति भएको नेपाल बिध्युत प्राधिकरण पर्वत बितरण केन्द्रका प्रमुख प्रितमराज बिष्टले जानकारी दिए ।
सडक बत्तीको बक्यौता मध्ये ५० लाख कुश्मा नगरपालिकाले गर्याे भुक्तानी
