spot_img

बिहादीमा निःशुल्क स्वास्थ्य शिविर, अवसर सदुपयोग गर्न अध्यक्ष गुरुङको आग्रह

पर्वत/आर्थिक अभावले रोग लुकाएर बस्न बाध्य भएका नागरिकलाई लक्षित गरी बिहादी गाउँपालिकामा मंगलबार बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयको प्राङ्गढमा बिहादी गाउँपालिकाले भोली (चैत्र २७ गते) निःशुल्क शिविरको आयोजना गरेको हो । गरिव, विपन्न तथा आर्थिक अभावले उपचारबाट बञ्चित भएका बिहादीबासीलाई लक्षित गरेर शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए ।
‘आर्थिक अभावकै कारण उपचार नपाएर बसेका गरिव, विपन्न समुदायलाई लक्षित गरेर निशुल्क स्वास्थ्य शिविर राखेका छौ’ अध्यक्ष गुरुङले भने–‘मौकाको फाइदा लिन म सम्पूर्ण बिहादीबासीमा हार्दिक अनुरोध गर्दछु ।’ शिविरमा आउने जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिहरुका लागि यातायातको व्यवस्था समेत गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उनकाअनुसार शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको समेत व्यवस्था गरिएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने शिविरमा दुई हजार पाँच सय बिरामीको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए ।
शिविरमा १५ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको छ । त्यसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई.सी.जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ । बिहादी गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष परविन गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौँको प्राविधिक सहयोगमा हुन लागेको हो । गाउँपालिकाले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर संचालन गदै आएको छ ।

spot_img

भर्खरै