spot_img

कुश्माको सडक बत्तीको लाइन काट्न सुरु

पर्वत–कुश्मा नगरपालिकाभित्र सडक बत्तीको लाइन आज काट्न सुरु गरेको छ । नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले सोमबार लाइन काट्न सुरु गरेको हो । लामो ताकेता गर्दा पनि कुश्मा नगरपालिकाले हालसम्मको बक्यौता रकम भुक्तानी नगरेका कारण लाइन काट्न थालेको नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोबिन्द सुवेदीले जानकारी दिए ।
कुश्मा नगरपालिकामा पटक–पटक बसेर भुक्तानीका लागि ताकेता गरेपनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रुपमा बिजुली काट्न थालेको उनले बताए । ‘जनप्रतिनिधि र नगरको कर्मचारी प्रशासनसंग बसेर छलफल गरेपनि भुक्तानीका लागि नगरले निर्णय गरेन’ उनले भने–‘जनप्रतिनिधिहरु सकारात्मक भएपनि कर्मचारी प्रशासन भुक्तानी गर्न तयार भएन ।’
विद्युत प्राधिकरणकाअनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्मा नगरपालिकाले ७४ लाख रुपैयाँ बढी भुक्तानी दिन बाँकी रहेको छ । कुश्मा नगरपालिका र विद्युत प्राधिकरणबिच चारबर्ष अघि सडक बत्तीसम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।

spot_img

भर्खरै