spot_img

पूर्वसभामुख एवम् माओबादीका उपाध्यक्ष महरा पक्राउ, बिमानस्थलबाट सिआइवी कार्यालय लगियो

काठमाडौं– पूर्व समाभुख एवम् एकीकृत नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलबस्तुमा पक्राउ परेका महरालाई भैरहवाबाट यति एयरलाइन्समार्फत काठमाडौ ल्याइएको छ । त्रिभुवन बिमानस्थलबाट सिधै महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगिएको जानकारी दिएका छन् । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

spot_img

भर्खरै