spot_img

मुक्तिनाथ केवलकारले पर्वत बागलुङमा पर्यटक घट्दैनन, बढ्छन : अरुण सुवेदी

पर्वत, ३ फागुन–बहुचर्चित मुक्तिनाथ केबलकारको काम सरकारी प्रक्रियाका कारण बिलम्भ भएको अध्यक्ष अरुणकुमार सुबेदीले बताएका छन् । कम्पनीको कामको शिलशिलामा पर्वत आएका सुबेदीले लगानीको स्रोत सुनिश्चित भइसकेपनि सरकारी प्रक्रियाको ढिलाईले निर्माणको काम धकेलिएको जानकारी दिए । २० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केवलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित भएपनि नेपालका कानुनी प्रक्रियाहरू लामा भएकाले प्रक्रिया पूरा गर्नको लागि काम गरिहेको बताए ।
उनकाअनुसार विश्वकै लामो मुक्तिनाथ केबलकार इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउन लागिएको हो । ‘इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता गरिसकेका छौ’ उनले भने–‘लागत अनुमानको लगानी सुनिश्चित भइसकेको छ ।’ उनले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताए । समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एण्ड आर इन्जिनियरिङले लगानी गर्नेछ ।
आयोजनाको वातावरण मूल्यांकन प्रतिवदेन पास हुन र सरकारसँग आयोजना विकास सम्झौता गर्न भने अझै बाँकी रहेको छ । आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जिडिपीमा योगदान गर्ने भन्दै ९ अर्ब रुपैयाँ सरकारलाई राजश्व मात्रै जाने अध्यक्ष सुवेदीको दावी छ । मुक्तिनाथ विष्णु भगवानको पावन भूमि भएको तथा चार धाम मध्ये दर्शनका लागि मुक्तिनाथ पुग्नैपर्ने धार्मिक मान्यताअनुसार पनि मुक्तिनाथ जाने धार्मिक पर्यटक थेगीसाध्य नहुने बताए । मुक्तिनाथ जाने पर्यटक पर्वतको सेराबसीबाट चढेपनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिन सक्ने उनले बताए ।
‘मुक्तिनाथ जाने पर्यटक पोखराबाट मात्रै आउदैनन्, कालीगण्डकी लोकमार्ग, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग छदैछ, अर्को बलेवा एयरपोर्टमा पनि भैरहवाबाट पर्यटक झर्ने सम्भावना हुन्छ’ उनले भने–‘ती पर्यटक कहाँ बस्ने ? कुश्मा, बागलुङ र बेनीमा बस्नुपरेन ?’ उनले मुक्तिनाथ केवलकार सञ्चालनपछि स्तरीय होटलहरु हुनुपर्नेमा जोड दिए । मुक्तिनाथ केवलकारबाट कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमता रहेको र त्यसमा मुक्तिनाथको यात्रा गराउने कम्पनीले पर्वतको गुप्तेश्वर र अलपेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको गलेश्वर मन्दिरमा प्याकेज बनाएर पु¥याउने ब्यवस्था हुने भएका कारण पनि यसक्षेत्रले प्रचुर फाइदा लिन सक्ने सुबेदीले दाबी गरे ।

spot_img

भर्खरै