पर्वत/ कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।
सोही अभियोगमा उनलाई पक्राउ पुर्जी जारी भएको हो । उनी पक्राउपुर्जीपछि फरार भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि केही दिन अघि अनुमति लिएको थियो । सहकारी संघसंस्थाको दर्ता, नविकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकारी प्राप्त यस कार्यालयका तत्कालिन रजिष्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ लिएर मित्र मिलन सहकारीलाई कार्यक्षेत्र तथा शाखा विस्तारका लागि अनुमति दिएको तथ्य अनुसन्धानका क्रममा पुष्टि भएको हो ।
हाल पर्वत जिल्ला कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृतको रुपमा कार्यरत तत्कालिन सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार पराजुलीलाई पक्राउ गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले पक्राउ पुर्जी समेत लिईसकेको छ । सहकारीका सञ्चालकहरुको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ पुर्जीपछि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फरार


