spot_img

पैयूँमा सकियो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

पर्वत/पैयूँ गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । यही पुस १ गतेदेखि सुरु भएको प्रतियोगिता विभिन्न खेलहरुसहित सम्पन्न भएको हो । प्रतियोगिताको अन्तिम दिन जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल आयोजना गरिएको थियो । मैत्रीपूर्ण भलिबलमा जनप्रतिनिधिको समुहले जित हात पारेको थियो ।
समापनका अवसरमा विभिन्न खेलका बिजयी विद्यार्थी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल सहित सम्मान प्रदान गरिएको थियो । सम्पूर्ण खेलहरुको अंक सहित जनसेवा संस्कृत मा.वि प्रथम भएको थियो । प्रतियोगितामा सबै खेलको अंकसहित निर्मल जनसेवा मा.वि पैयुँ–२ दोस्रो र जनता मा.वि पैयुँ–७ भोर्ले तेस्रो स्थान प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले जानकारी दिए ।
समापनका अवसरमा पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट बिजयी भएका बिद्यार्थीले जिल्ला स्तरीय रनिङ शिल्डमा उत्कृष्ट नतिजा निकाल्ले विश्वास व्यक्त गरे । उनले यस्ता प्रतियोगिताले स्थानीयस्तरदेखि नै खेलाडीहरु पहिचान गर्न सहज हुने पनि बताए । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले गाउँपालिकाबाट छनौट भएका विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा पैयूँ गाउँपालिकाको नाम उच्च राख्ने विश्वास जनाइन ।
विभिन्न चरणमा सप्पन्न भएका खेलमा सहभागी बिद्यालयहरु, स्थानीय क्लबहरु लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, इलाका प्रहरी कार्यालयका इन्चार्ज, विभिन्न समाजसेवी, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

spot_img

भर्खरै