spot_img

गुनासो सुन्दै बस्ती पुग्ने सांसद गिरीको अभियान

पर्वत/पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरीले बस्ती बस्ती पुगेर जनताको गुनासो सुन्ने अभियान थालेका छन् । एक साताको समय बनाएर गिरीले पर्वतका बस्तीबस्ती पुग्ने भएका हुन । बुधबारबाट मोदी गाउँपालिकाको भुकताङ्लेबाट अभियान थालेका गिरीले निर्वाचनको बेलामा आफूले प्रतिबद्धता गरेका वाचा नबिर्सिएको स्थानीयलाई बताउने गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका गिरीले सत्ताबाहिर रहेका कारण प्रतिबद्धताअनुरुपका काम गर्न नपाएको पनि बताउने गरेका छन् । छोटो कार्यकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका गिरीले गाउँ वस्तीमा जनताले भोगीरहेका समस्याहरु राष्ट्रिय राजनीतिमा उजागर गर्ने प्रतिबद्धता ब्यक्त गरीरहेका छन् ।
दोस्रो कार्यकालका लागि प्रतिनिधि सभामा निर्वाचत जितेका गिरीले पहिलो कार्यकालमा जिल्ला भरी साइकलमा हिडन मिल्ने सडक बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । गिरीले प्रतिबद्धता गरेका बाचा जिल्लाबासीले भने वस्ती डुल्ने अभियानमा स्मरण गराएका छन् । सांसद गिरीले देशको आर्थिक अवस्था विग्रदै गएका कारण तोकिएका अवधिमा आफना प्रतिबद्धताहरु पुरा नभएको बताए । उनले केहि बर्षमै सवै मुख्य सडकहरु कालोपत्रे हुने विश्वास दिलाए । बुधवार मोदीको भुकमा वडा कार्यालय भवनको शिल्यान्यास गरेका गिरी मोदी २ देउपुरका स्थानीयसग अन्तक्रियामा सहभागी भए । सुन्तला उत्पादनमा प्रसिद्ध देउपुरका वस्तीहरुको गुनासो सुनेपछि गिरी मोदी ३ देउरालीका माझगाउँ, जहले, घुरुङशेरा, घुरुङगा, लाङदीका वस्तीहरुमा पुगे । देउरालीका जनताले गिरीसंग सडक सञ्जालको स्तरोउन्नतीको माग राखे । रित्तिदै गएका वस्तीहरुमा विद्यालयहरुमा विद्यार्थी छैनन् । गाउँमा बादरको आतंक छ । अल्लोबाट उत्पादन भएका सामाग्रीहरुले बजार पाएका छैनन । स्थानीयले यस्तै यस्तै गुनासा राखे ।
विहिबार मोदी ५ बाजुङ र मोदी ४ क्याङको हलहलेका वस्तीहरुमा पुगेका गिरीसंग सडक स्तरोउन्नती नहुँदाको सास्ती स्थानीयले तेर्साए । गिरीले केहि बर्ष अझै कुर्न आग्रह गर्दै सवै मुख्य सडकहरुमा साइकल कुदाउने योजना अझै जीवित रहेको उल्लेख गरे । सांसद गिरी शुक्रबार देखि फलेवास, महाशिला र पैयूका वस्तीहरुमा जाने गरी योजनामा छन् ।

spot_img

भर्खरै