पर्तत/पैयु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजिव रिमालले अाफ्नाे जिम्मेवारी सम्हालेका छन् । गाउँपालिकामा बुधबार हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई औपचारिक रुपमा स्वागत गरिएको छ ।
यस अघि कुश्मा नगरपालिकामा आईटी इन्जिनियरका रूपमा कार्यरत रिमालले अधिकृतमा नाम निकालेपछि पहिलोपटक पैयूँमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
अधिकृत रिमाललाई गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज), उपाध्यक्ष याम कुमारी राना लगायत वडा अध्यक्ष र कर्मचारीहरुले अविर र फूलसहित स्वागत गरे । अध्यक्ष मल्लले जनप्रतिनिधि र कर्मचारीबीच सहज बातावरणमा काम गर्दै आएको र आगामी दिनमा पनि सबै मिलेर टिम वर्ककोरुपमा काम गर्दै जानु पर्नेमा जोड़ दिए।
भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत रिमालले सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आफु पनि नयाँ भएको कारण सबैसंग सिकेर अगाडी बढ्ने बताए ।


