पर्वत । फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले सरकारी गाडीको दुरुपयोग गरेकी छन् । जनतासँग माओवादी विशेष रुपमान्तरण अभियान घरघरमा–माओवादी जनजनमा–माओवादी अभियानमा उपमेयर क्षेत्रीले नगरपालिकाको गाडी दुरुपयोग गरेकी हुन् । नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्र फलेवास नगर समितिकी अध्यक्ष समेत रहेकी क्षेत्रीले कमिटि पुर्नगठन र संगठन सदृढिकरणमा नगरपालिकाको गाडि प्रयोग गरेपछि उनी चौतर्फी आलोचित भएकी छन् ।
माओवादी केन्द्रले फलेवास नगरपालिमा भदौ १६ गतेदेखी एघार वटै वडामा पार्टि पुर्नगठन तथा सुदृढिकरण अभियान थालेको छ । उक्त अभियान हालसम्म जारी छ । उक्त अभियानमा नगरपालिकाकै गाडि दुरुपयोग हुँदै आएको छ । नगरपालिकाको सरकारी गाडि प्रयोग गरेको विषयमा माओवादी केन्द्रका एक नेताले भने,‘उपमेयर खासै हिँड्नु भएको छैन, कताकति हिँड्नु भएको छ । तर, हिँड्दा खेरी नगरपालिकाको गाडि प्रयोग गर्ने कुरा सामान्य हो ।,’ उनले उपप्रमुखले मात्र नभई नगरप्रमुखले समेत पार्टीको कार्यक्रममा नगरपालिकाको गाडि दुरुपयोग गरेको आरोप लगाए ।
नगरउपप्रमुख क्षेत्रीले बा १ झ ५९९६ को गाडि प्रयोग गरेकी छन् । उक्त गाडि नगरपालिकाको काममा भन्दा बढि पार्टि संगठन र अन्य पार्टिका व्यक्तिहरुले बढि प्रयोग गरेको स्वयम् नगरपालिकाका कर्मचारीहरु बताउँछन् । नगरपालिकाको गाडि दिनरात चल्ने गर्छ एक सवारी चालकले भने,‘शनिवार पनि हामी पार्टि संगठनकै काममा खटेका उदाहरण प्रशस्त छन् ।, उनले राज्यले दिने बिदामा पनि नगरपालिकाले पार्टी संगठनका काममा खटाउने गरेको आरोप लगाए । ‘विगतमा हामीले शनिवार गाडि चलाएको नगरपालिकाले छुट्टै भत्ता दिन्थ्यो, अहिले शनिवार सहित रातको समयमा पनि गाडि चलाउनु पर्छ, तर तलव बाहेक अन्य सुविधा नदिएर नगरपालिकाले जागिरको भरमा श्रम शोषण गरिरहेको छ’;उनले भने ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । पार्टिको कार्यक्रममा कार्यालय प्रयोजनमा चलाउनैपर्दासमेत सम्बन्धित निकायबाट पास लिनुपर्छ । तर, बिदाको दिन र अन्य प्रोयोजनका लागि नगरपालिकाको गाडि दुरुपयोग गरेको स्थानीय सरोकारहरुले गुनासो गदै गएका छन् । फलेवास नगरपालिकाको गाडि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका नेताहरुले पाटिको कार्यक्रममा जाँदा बढि धेरै दुरुपयोग गदै आएका छन् । नगरपालिकाका सवारीसाधन बढि दुरुपयोग हुने गरेको बिषयमा स्थानीय युवाहरुले नगरपालिकाको ध्यानार्षण गराउँदै आएपनि सुनुवाई नभएको स्थानीय युवाहरुको गुनासो छ । फलेवास नगरपालिका एक उदाहरण मात्र हो अन्य पालिकाहरुले पनि सरकारी गाडिको दुरुपयोग बढ्दै गएको छ ।


