साजन परियार (पर्वत) । बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर पनि होला उनलाई यो चिन्ताले सँधै पिराल्थ्यो । फलेवास नगरपालिका –११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छा जोड्ने खोलामा पुल नहुँदा आउजाउ गर्ने यात्रुहरुलाई निकै समस्या भएको थियो ।
‘बर्खयाममा यो खोला निकै ठुलो हुन्छ । पुल नहुँदा दिनहुँ दर्जनौँ मोटरसाईकल खोलाले बगाउँथ्यो । मानविय क्षती त कहिल्यै पनि भएन । तर, खोलामा पुल नभएर यात्रुले भोग्नु परेको समस्याका ज्वालन्त उदाहरण हामी सँग छन् । गुरुङले भने ,‘ लामो समयको मेहेनत र पहलकदामी पछि अब त्यो समस्या सँधैका लागि अन्त्य भयो ।,’
बाच्छा खोलामा स्टिल ट्रस निर्माण भएको छ । बिहादी गाउँपालिका र खुर्कोट युवा क्लवले पुल निर्माण गरेका हुन् । पुलको बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुभएको हो । उद्घाटन गदै अध्यक्ष गुरुङले पुल निर्माण भएपछि यात्रुहरुलाई धेरै सहज हुने बताउनु भयो । उहाँले बिहादी गाउँपालिकाले पालिकाका धेरै ठाउँमा स्टिल स्ट्रस निर्माण गर्न लागेको बताउँदै पुललाई आवतजावत गर्ने माध्यम मात्र नबनाई जिवीको पार्जन सँग जोड्ने माध्यम बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले हामी जनप्रतिनिधी छौँ, यस्तैयस्तै उपलव्धीमूलक काम गर्न चुनिएका हौँ,जनताको अपेक्षा र भावना विपरित काम गर्न हामीलाई छुट छैन ।’, विहादी गाउँपालिकाले कुनै राजनितिक दल, जातजाती, भाषा, धर्मप्रति विभेद नरहने गरी विकास निर्माणमा केन्द्रित भएको उहाँको भनाई छ ।
पुल निर्माणका लागि विहादी गाउँपालिकाले ४ लाख र खुर्कोट युवा क्लव लगायतका संघसंस्थाले करिव २६ लाख भन्दा बढि रकम सहयोग गरेका थिए । सो अवसरमा स्ट्रिल ट्रस निर्माणका लागि भएको आयव्यय समेत प्रस्तुत गरिएको थियो । स्ट्रील ट्रस ब्रिज अन्र्तगत बनेको पुलको लम्बाई २४ मिटर छ ।पुल निर्माण भएपछि आवतजावतमा सहज भएको स्थानीयको भनाई छ । उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, आमा समुह लगायत स्थानीय उपभोक्ताको बाक्लो उपस्थिती रहेको थियो ।