spot_img

बालयौन दुरुपयोगका दोषी १९ महिनापछि समातिए

पर्वत, भदौ १२–अदालतबाट फैसला भई दोषी पाइएका एक ब्यक्ति १९ महिनापछि समातिएका छन् । प्रहरीलेबाट पक्राउ गरेका जलजला गाउँपालिका वडा नम्बर ४ का शर्भलाल दमाईलाई आज –आइतबार) पर्वत जिल्ला अदालतमा पेश गरेको हो ।

पर्बत जिल्ला अदालतबाट ७ माघ २०७७ मा फैसला भएबमोजिम उनी बालयौन दुरुपयोगसम्बन्धि मुद्दामा दोषी ठहरिएका थिए । त्यसपछि उनी लुकिछिपि बस्दै आएका थिए । उनलाई आइतबार पर्वत जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश रावतले जानकारी दिए ।

spot_img

भर्खरै