spot_img

लागुऔषधसहित चार जना पक्राउ

पर्वत, भदौ १२–पर्वत प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरिक्षक प्रकाश रावत नेतृत्वमा खटिएको टोलीले चार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोदी–५ बाजुङ घर भई मोदी–२ देउपुर बस्ने सचिन सार्की, तनहुँ शुक्लागण्डकी १ घर भई मोदी २ देउपुर बस्ने अजय पुन, मोदी २ का दिनेश गर्बुजा पुन र बिजय पुन रहेका छन् ।
उनीहरुको साथबाट दुई सय ९६ एम्पुल लागु औषध बरामद भएको प्रहरी निरिक्षक रावतले जानकारी दिए । उनीहरुले लागुऔषध बिक्री गर्दै आएको र त्यही विशेष सुराकीको आधारमा पक्राउ गरेको पनि प्रहरीले जनाएको छ । सचिन र अजयबाट प्रहरीले ६३ एम्पुल तथा दिनेश र बिजयबाट दुई सय ३३ एम्पुलका साथै प्रयोग नभएका तीन थान सिरिन्ज फेला पारेको छ । शनिबार पक्राउ परेका चारै जनालाई प्रहरीले जिल्ला अदालत पर्वतमा आइतबार लागुऔषध कसुर मुद्दामा मुद्दा दर्ता गरेको छ ।

spot_img

भर्खरै