spot_img

शाखा लाइनमा हाइभोल्टेजको बिद्युत प्रवाह, झण्डै दुई सय घरका मिटर जले, एक जनाको मृत्यु

पर्वत–जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा हाई भोल्टेजमा प्रवाह भएको बिद्युतले करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मुख्य लाइनको हाइ भोल्टेज बिद्युत शाखा लाइनमा प्रवाह भएपछि स्थानीय अन्दाजी ५० की सीता केसीको आज बिहान घटनास्थलमै मृत्यु भएको हो । घटनामा झण्डै दर्जन घाइते भएका छन् । घाइतेहरुलाई अहिले अस्पताल लैजाने तयारी भएको छ ।

धाइरिङका झण्डै दुई सय घरका मिटर बक्स जलेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । आचार्यका अनुसार विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर गई घरहरुका मिटर बक्समा आगलागी भएको हो । विद्युत लाइन सट हुँदा दजनौं पशु चौपाया समेत मरेका छन् । एउटा बाख्रा फार्ममा भएका बाख्रा पनि मरेका छन् । घटनाको थप क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ ।

spot_img

भर्खरै