spot_img

लागू औषध विरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम

पर्वत/लागु औषधबिरुद्ध सप्ताहब्यापी सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा लागु पदार्थ तथा अबैध ओसारपसारबिरुद्धको अन्र्तराष्ट्रिय दिवस अन्र्तगत सप्ताहब्यापी कार्यक्रमको अन्तिमदिन आइतबार प्रभातफेरी गरी सम्पन्न गरिएको हो । लागुऔषध तर्फ लाग्नेसक्ने युवायुवतीलाई लक्षित गरी सचेतना जगाउने उद्देश्यले पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको नेतृत्वमा उक्त प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
¥याली जिल्ला प्रशासन कार्यालयबाट सुरु भई दुर्लुङचोक, शिवालयचोक हुँदै पुनः जिल्ला प्रशासन कार्यालयमा आएर समापन भएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रभातफेरीमा सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी, बिभिन्न संघसंस्था, बिद्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।

spot_img

भर्खरै