spot_img

प्रहरीद्धारा गाँजाका बोटहरु नष्ट

पर्वत/पर्वतका बिभिन्न ठाउँमा लागुऔषध जन्य गाँजाका बोटहरु नष्ट गरिएको छ । लागु पदार्थ तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहब्यापी कार्यक्रमको सातौ दिन आइतबार फलेबास, महाशिला र पैयँुमा गाँजाका बोट नष्ट गरिएको हो । फलेवास–७ चनौटे, फलेबास–१० कुर्घा, महाशिला–५ लुंखु र पैयु–६ सरौखोलाका विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएका लागु औषधजन्य अन्दाजी एक हजार दुई सय २५ बढी गाँजाका बोटहरु नष्ट गरिएको छ ।
उक्त स्थानहरूमा अस्थाई प्रहरी चौकी खानीगाउ पर्वतबाट प्रहरी नायव निरीक्षक अर्जुन पौडेलको कमाण्डमा, प्रहरी चौकी फलेवासबाट प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर नेपाली, ईलाका प्रहरी कार्यालय लुंखुदेउरालीबाट प्रहरी सहायक निरीक्षक बिष्णु घर्ती र अस्थाई प्रहरी पोष्ट भोर्लेबाट प्रहरी हवल्दार तुलबहादुर महत्राको कमाण्डमा टोली खटिई गई सम्बन्धित वडाका जनप्रतिनिधिहरु, स्थानीय बासीहरुको लगायतको उपस्थितीमा लागु औषध तथा घरेलु हिंसाको पहिचान र न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिनुका साथै उक्त गाँजाका बोटहरु नष्ट गरिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

spot_img

भर्खरै