spot_img

कार्यकर्ताको निधनपछि दुरी कायम राखेर भेटघाटमा ब्यस्त काँग्रेस युवा नेता मल्ल

पर्वत, जेठ ११–नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले निधन भएका पार्टीका कार्यकर्ताको घरघरमा पुगेर परिवारजनलाई समबेदना प्रकट गरेका छन् । शनिबार मात्रै नेता मल्लले हालै निधन भएका जलजला वडा नम्बर ५ का डिलकुमारी कार्की, जलजला–५ अन्यचौरका तुलसीराम पौडेल, जलजला–५ का देउकुमारी सुबेदीको घरमा पुगेर परिवारजनमा समबेदना दिए ।
कार्कीको निधन भएको १३ औ दिनमा शनिबार नेपाली काँग्रेस जलजला ५ लेखफाँटले आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै काँग्रेस नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष मल्लले हरेक गाउँपालिकाबासीको दुःख र पीडामा आफुसँगै रहेको बताए । उनले निधन भएकाको चिरशान्तिको कामना गर्दै परिवारजनलाई परेको पीडालाई शक्तिमा बदलेर अगाडी बढ्न पनि आग्रह गरेका थिए ।
कोरोना महामारीका कारण सामाजिक दुरी कायम गरेर आयोजना गरिएको श्रद्धाञ्जलीसभामा नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जितबहादुर पुन, जलजला ५ का सभापति हरिप्रसाद शर्मा, सचिव एवम् जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार याम शर्मा पौडेल, कार्कीका नाती एवम् नेपाल तरुण दल जलजला ५ का अध्यक्ष रामचन्द्र कार्कीलगायतले बोलेका थिए ।

spot_img

भर्खरै