spot_img

कोरोना भाइरसबिरुद्धको अभियानमा निरन्तर सक्रिय अध्यक्ष मल्ल, पाँच लाख बढी ब्यक्तिगत लगानी

पर्वत, बैशाख २८–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) कोरोना भाइरसबिरुद्धको अभियानमा निरन्तर सक्रिय भएका छन् । जलजलाबासीको कोरोना भाइरस लागेमा निशुल्क उपचार गरीदिने घोषणा गरेका मल्लले यो अभियानमा ब्यक्तिगत रुपमा पाँच लाखबढी लगानी गरेका छन् । सुरुमा जलजला गाउँपालिकाको राहत कोषमा ब्यक्तिगत दुई लाख रुपैयाँ जम्मा गरेका मल्लले कुश्मा नगरपालिकाले बनाएको राहत कोषमा ३० हजार रुपैयाँ प्रदान गरेका थिए ।
त्यस्तै गरी महाशिलास्थित नेपाली काँग्रेसले बनाएको राहत कोषमा ३० हजार, नेपाली काँग्रेस फलेबासले बनाएको राहत कोषमा ५० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरसबाट प्रभावित भएर सरकारले लकडाउन गरेपछि विभिन्न ठाउँमा अलपत्र परेका मजदुर, श्रमिक लगायत विभिन्न ब्यक्तिलाई आफ्नै लगानीमा उद्धार गर्दै आएका मल्लले फलेबास नगरपालिका र बिहादी गाउँपालिकालाई थर्मोगन, मास्क, सेनीटाइजर, पञ्जालगायतका सामाग्री प्रदान गरेका छन् । फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा र बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललाई ती सामाग्री हस्तान्तरण गरेका मल्लले महाशिला, पैयूँ र मोदी गाउँपालिकामा पनि ती सामाग्री प्रदान गर्ने जानकारी दिए ।
समग्र विश्व समुदाय कोरोना भाईरस अर्थात कोभिड–१९ को महामारीबाट आक्रान्त भएको वेला अध्यक्ष मल्लले देखाएको मानवीय भावना प्रशंसनीय भएको जनप्रतिनिधिहरूले वताएका छन् । अध्यक्ष मल्लले शुरूवाती चरणबाटै कोरोना भाईरस विरूद्धको अभियानमा आफूलाई समर्पित गर्दै आएका छन् । यसअघि जलजला गाउँपालिकाका कृषकहरुले सहयोग गरेको तरकारी कुश्मामा ल्याएर मजदुर तथा बिपन्नलाई बितरण गर्न भुमिका खेलेका मल्लले जलजला गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधीलगायत स्वास्थ्य सामाग्री तयारी अवस्थामा राखेको जानकारी दिए । मल्लले जलजला गाउँपालिका क्षेत्रमा कोलोरिङ छर्कनका लागि थप ५० हजार रुपैयाँ समेत लगानी गरेका थिए ।

spot_img

भर्खरै