spot_img

नेपाली भुमि लुटिदा सरकारले कुटनीतिक पहल नगर्नु आपत्तिजनक : काँग्रेस नेता जोशी

नेपाली काँग्रेसका नेता अर्जुन जोशी ।

पर्वत, बैशाख २८–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले भारतले बलमिच्याई गरेको नेपाली भुमि तत्काल फिर्ताका लागि सरकारले नै आलटाल गरेको बताएका छन् । सरकार अतिक्रमणजस्तो गम्भिर बिषयमा कुनै कुटनीतिक पहल नगरी वक्तब्यमा मात्रै सीमित भएर इतिहासकै राष्ट्रबादी सरकारको असली रुप उदाङिएको जोशीले बताएका हुन ।
काँग्रेस नेता जोशीले उपप्रधान तथा रक्षामन्त्रीले हेलिकप्टरबाट निरिक्षण गरी फर्केर चुप रहनु, भुमि सुधार तथा ब्यवस्था मन्त्रीले नेपालको नक्सामा नै छैन भन्नु र कुटनितिक पहल नगरी सरकार बस्नु आपत्तिजनक रहेको बताए । उनले सरकारमा बसेर एउटा हस्ताक्षर नै नभएको वक्तब्य शिवाय केही नगर्नु सरकारमा बस्नेहरु नै राष्ट्रबिरोधी भएको आरोपसमेत लगाएका छन् ।
‘१८१६को सुगौली सन्धि देखी नै नेपालको भूभाग रही आएको र महाकालीलाई सिमानदी मानेर महाकाली पूर्वको लिम्पियाधुरा, कालापानि,लिपुलेक सदिऔँ देखी नेपालकै भूभाग भएको तथ्य बिपरित देशको भूमी र सिमा हेर्ने सरकारका भूमी ब्यबस्था मन्त्रिले नै लिम्पियाधुरा नेपालको नक्सामा नै छैन भन्ने भनाइ घोर आपत्तिजनक र राष्ट्र बिरोधी छ’ जोशीले भने–‘उपप्रधान तथा रक्षामन्त्रीले सोही स्थानमा पुगेर पनि कुनै पहल नगर्नु, भूमी ब्यबस्थामन्त्रीले नेपालको नक्सामा नै छैन भन्नु अनि सिमा अतिक्रमण जस्तो गम्भीर बिषयमा कुनै कुटनीतिक पहल नगरि बक्तब्यमा मात्रै सिमित रहनुले, इतिहासकै रास्ट्रबादी सरकारको असली रूप उदाङिएको छ !’
२०७२ सालमै नेपाली काँग्रेसका तत्कालिन सभापति एबम प्रधानमन्त्री शुशिल कोइरालाले लिपुलेक हुँदै भारत–चीन बिचको ब्यापार सन्धिको बिरोधमा प्रोटेष्ट लेटर जारी गरेको, सन् २०१९ मा भारतले नेपालको यही भुभाग समाबेश गरी नक्सा प्रकाशन गर्दा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कडा प्रतिबाद गरी नेपाली भुमिबाट भारतीय सेना फिर्ता गर्न सरकारलाई पूर्ण समर्थन रहने घोषणा गरेपनि केपी शर्मा ओली नेतृत्वको सरकारले बेवास्ता गर्दै आएको आरोप जोशीले लगाएका छन् ।
‘यस कार्यमा सारा नेपालीको साथ र समर्थन हँुदा पनि सरकार बक्तब्यले नै जिम्बेवारी पुरा भएको ठानीरहेको छ’ काँग्रेसका प्रभावशाली नेतासमेत रहेका जोशीले प्रश्न गरे–‘आफ्नो नागरिकलाइ भोक र रोगबाट बचाउन नसक्ने मात्रै हैन देश नै लुटिदा पनि जोगाउन नसक्ने यो सरकारलाइ संसदीय अकगणितको आधारमा मात्रै काँध थाप्न पर्ने हामी नेपालीको बाध्यता नै होत ?

spot_img

भर्खरै