spot_img

क्रसर ब्यावसायीद्वारा कोरोनाकोषमा पाँच लाख सहयोग, निर्माणजन्य सामाग्री निकासीमा सहज पार्ने

पर्वत, बैशाख २३–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कोरोनाबाट प्रभावित विकास निर्माणलाई तिब्रता दिनुपर्ने बताएका छन् । उनले लकडाउन भएपनि विकास निर्माणको कामलाई सुचारु गर्ने बताएका हुन । गण्डकी क्रसर ब्यावसायी संघले कोरोना कोषमा प्रदान गरेको पाँच लाख रुपैयाँको चेक बुझ्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोनाको कहरका बिच पनि विकास निर्माणलाई गण्डकी प्रदेशमा जारी राख्ने बताएका हुन । ‘कोरोनाका कारण विकास निर्माण प्रभावित भएको छ, अव सतर्क भएर निर्माणको कामलाई जारी राख्नुपर्छ’ गुरुङले सो अवसरमा भने । मुख्यमन्त्री गुरुङले नदीजन्य पदार्थ निकासी रोक्दा विकास निर्माणको काम ठप्प हुने भएका कारण ठुलो असर नपर्नेगरी नदीजन्य बस्तु निकासीमा सहज बनाउने आश्वासनसमेत दिएका थिएको जलजला गाउँपालिकाका अध्यक्ष एवम् क्रसर ब्यावसायी संघ गण्डकीका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । सोमबार गण्डकी क्रसर उद्योग ब्यावसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्रीलाई कोरोना राहात कोषमा राख्नेगरी पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । मल्लले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि सहयोग पु¥याउनेगरी गण्डकी प्रदेशका क्रसर ब्यावसायीको तर्फबाट उक्त रकम सहयोग गरेको जानकारी दिए ।  ।
राहत रकम बुझेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना विरुद्धको सरकारको अभियानमा सहयोग गरेर क्रसर व्यवसायीहरुले पुण्यको काम गरेको भन्दै प्रशंसा गरेका थिए । प्रदेश सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नेदेखि राहत तथा अन्य व्यवस्थापनमा उक्त कोषको रकम खर्च गर्ने मुख्यमन्त्री गुरुङले जानाकारी दिए । विभिन्न विकसित राष्ट्रहरू पनि कोरोना महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको संख्या ८२ पुगेको छ ।

spot_img

भर्खरै