spot_img

काँग्रेस युवा नेता मल्लले दिए बिपि स्मृति भवनका लागि साढे पाँच लाख

पर्वत, मंसिर २–पर्वतमा बन्न लागेको बिपि स्मृति भवनका लागि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष, युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले साढे पाँच लाख रुपैयाँबढी सहयोग गर्ने घोषणा गरेका छन् । भवन निर्माण समितिका कोषाध्यक्षसमेत रहेका मल्लले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन ।
नेपाली काँग्रेस पर्वतले पार्टी र भातृ तथा शुभेच्छुकको कार्यालय सञ्चालन गर्नेगरी कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित एकताचोकमा बिपि स्मृति भवन निर्माण सुरु गरेको छ । उक्त भवन निर्माणका लागि हालसम्म झण्डै एक करोड रुपैयाँ बोलकबोल भइसकेको छ । मल्लले बिपि स्मृत्ति भवन निर्माणमा सबैको उत्साह आएको भन्दै सबै भातृ, शुभेच्छुक र शुभचिन्तकहरुमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।
‘निर्माणाधिन पार्टीको भवन एउटा भौतिक संरचना मात्रै नभएर सिंगो काँग्रेसको आस्थाको मन्दिर भएकोले आ–आफ्नो हैसियत अनुसारको सहयोग सबैले गर्नुपर्छ’ उनले भने । भवन निर्माणका लागि काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीको नेतृत्वमा निर्माण समिति गठन गरिएको थियो । समितिको सहसंयोजकमा पार्टी उपसभापति दुर्गाबहादुर खत्री, सचिवमा पार्टी सचिव बिश्वप्रकाश प्रसाई र कोषाध्यक्षमा पार्टी कोषाध्यक्ष मल्ल रहेका छन ।
त्यस्तै आर्थिक, अनुगमन र प्रचार उपसमिति पनि गठन गरिएको छ । भवन निर्माणको आर्थिक उपसमितिमा महासमिति सदस्य गंगाधर तिवारी, प्रचार उपसमितिको संयोजकमा राधाकुमार कुँवर क्षेत्री, अनुगमन उपसमितिको संयोजकमा रामचन्द्र जोशी र सचिवालय संयोजकमा शिव सुबेदी रहेका छन् । भवन आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको भवन निर्माण समितिले जनाएको छ ।

spot_img

भर्खरै