spot_img

कांग्रेस केन्द्रीय सदस्य जोशी सुतेको होटेलमा तोडफोड

पोखरा, मंसिर १४–पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको होटल बुटिकमा गएराती तोडफोड भएको छ । मध्यराती सवा १२ बजे होटलभित्र छिरेका युवाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशी सुतेको कोठा नम्बर २०३ को ढोका हानेका थिए । भित्रबाट बन्द भएको ढोका नखुलेपछि उनीहरुले त्यसलगत्तै वरपर तोडफोड र होहल्ला गरेका थिए । होटलको सिसिक्यामेरामा युवा होटलमा छिरेर सिधै जोशी सुतेकै कोठाको ढोकामा पुगेर हानेको देखिएको छ । उक्त होटल नेपाली काँग्रेसका नेता एवम् प्रदेश सांसद बिन्दु थापाले सञ्चालन गरेका हुन । उक्त होटलमा जोशी बसेका थिए ।

कास्की २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा जोशी काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई जिताउन खटिएका छन् । जोशीले उपनिर्वाचनमा पराजित मानसिकताले तर्साउनका लागि नेकपाका कार्यकर्ता होटलमा छिरेर तोडफोड भएको बताए । ‘पहिला पनि म एक महिना नेपाली काँग्रेस कास्कीको संगठन सुदृढिकरणका लागि जागरण अभियानमा खटिएको थिए । अहिले पनि उपचुनावमा म खटिएको छु, दुरुत्साहित गर्नका लागि पराजित मानसिकताको उपजस्वरुप नेकपाका गुण्डाहरु प्रवेश गरेर तर्साउने मनसायले उक्त घटना गराएको हो ।’ नेपाली काँग्रेसका प्रभावशाली नेता जोशीले भने । कास्कीमा निरन्तर रुपमा जोशी खटिएपछि संगठनमा धेरै सुधार हुँदै गइरहेको छ । जोशीले काँग्रेसका भोट रोक्नका लागि नियोजित प्रोपोगाण्डा रचिएको पनि बताए ।
बुटिक होटलमा गएराती प्रवेश गरेका युवा।

spot_img

भर्खरै