spot_img

वीपी स्मृति भवनका लागि अभियान, एकैदिन उठ्यो साढे ६१ लाख

पर्वत, असोज ४–नेपाली काँग्रेस पर्वतको भवन (बिपि स्मृति भवन) निर्माणका लागि अभियान सुरु भएको छ । लामो समय भाडाको घरमा कार्यालय चलाउदै आएको पर्वत काँग्रेसको आगामी १४ महिनाभित्र नयाँ भवन बन्ने अभियान सुरु भएको हो । बिपि स्मृति भवन निर्माणका लागि आयोजित छलफल तथा अन्र्तक्रियामा एकैदिन का लागि एकैदिन साढे ६१ लाख रुपैयाँ संकलन भएको छ । पहिलो दिन न्युनतम २५ हजारदेखि १० लाख ११ हजारसम्म भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिए । ‘पहिलो दिन नै उत्साहपूर्ण रुपमा सहयोगको घोषणा भएको छ, यसले भवन निर्माणका उर्जा थपेको छ’ उनले भने ।
सबैभन्दा बढी रकम नेपाली काँग्रेसका महासमिति सदस्य एवम् आर्थिक उपसमिति संयोजक गंगाधर तिवारीले १० लाख ११ हजार एक सय ११ रुपैयाँ दिने घोषणा गरेका छन् । पहिलो दिन सबैको बोलकबोल रकम ६१ लाख ४२ हजार एक सय ९० रुपैयाँ संकलन भएको छ । पहिलो दिनमै उठेको रकमले भवन निर्माण गर्ने योजना सफलतातर्फ उन्मुख भएको जोशी जानकारी दिए ।
उनले अवको १४ महिनाभित्र भवन निर्माण पुरा हुने पनि बताए । उनकाअनुसार एक बृहत सभाहलसहित छ वटा कोठासहितको भवनमा पार्टीका सबै पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थालाई कार्यालय सञ्चालन गर्न मिल्नेगरी ब्यवस्थापन हुनेछ । भेलाले भवन निर्माणको आर्थिक उपसमिति संयोजकमा महासमिति सदस्य गंगाधर तिवारी, प्राविधिक तथा अनुगमन समितिको संयोजकमा महाधिवेशन प्रतिनिधि रामचन्द्र जोशी, प्रचारप्रसार उपसमितिको संयोजकमा महासमिति सदस्य राधाकुमारी क्षेत्री र सचिवालय समितिको संयोजकमा जिल्ला आमन्त्रित सदस्य शिवप्रसाद सुबेदीलाई छनौट गरेको छ ।
भवन निर्माण समितिमा पूर्वसांसद, पूर्वकेन्द्रीय सदस्य, पूर्वजिल्ला पदाधिकारी, पदाधिकारी, जिल्ला कार्यसमिति, पार्टीका सबै भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख र भातृ तथा शुभेच्छुक संस्थाबाट केन्द्रीय समितिमा रहेकालाई राख्ने निर्णय भएको प्रचार उपसमिति संयोजक राधाकुमारी कुँवर क्षेत्रीले जानकारी दिइन । भवन निर्माण समितिको सहसंयोजकमा काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, सचिवमा पार्टी सचिव बिश्वप्रकाश प्रसाई र कोषाध्यक्षमा पार्टी कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) चयन भइसकेका छन् । उक्त भवन कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्नेछ । वर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी जिल्ला सभापति रहँदा २०५४ सालमा १४ आना जग्गा खरिद गरिएको थियो । भवन निर्माणका लागि प्रदेश क्षेत्र, पालिकागत र वडागत रुपमा सम्बन्धित समितिका सभापतिको संयोजकत्वमा छुट्टै समिति निर्माण हुने प्रचारसमिति संयोजक क्षेत्रीले जानकारी दिइन ।
पहिलो दिनको भेलामा कसले कति रकमको घोषणा गरे हेर्नुहोस्

spot_img

भर्खरै