spot_img

पर्वतमा पदम, नेत्र र विकास बिजयी


पर्वत, मंसिर २४–आइतबार बिहान सम्पन्न मतगणनामा नेकपा एमालेका पदम गिरी बिजयी भएका छन् । गिरीले ३९ हजार दुई सय ७५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका जोशीले २६ हजार आठ सय १९ मत पाए ।
एक लाख सात हजार तीन सय मतदाता रहेकोमा ६९ हजार आठ सय ५३ मत खसेको थियो । ६७ हजार पाँच सय ८२ मत सदर भएको छ । उता प्रदेशसभातर्फ पर्वत क मा नेकपा माओबादी केन्द्रका नेत्रनाथ अधिकारी बिजयी भएका छन् । उनले २१ हजार पाँच सय आठ मत प्राप्त गरी नेपाली काँग्रेसका नवराज गुरुङलाई चार हजार आठ सय २३ मतान्तरले हराए ।
गुरुङले १६ हजार छ सय ८५ मत प्राप्त गरेका छन् । पर्वत ख मा नेकपा एमालेका विकास लम्साल बिजयी भएका छन् । लम्सालले १५ हजार चार सय ३४ मत पाएर नेपाली काँग्रेसका राजेन्द्रप्रसाद तिवारीलाई पराजित गरे । तिवारीले १३ हजार तीन सय ५२ मत प्राप्त गरेका छन् ।

पर्वतको नतिजा
प्रतिनिधिसभा क्षेत्र संख्याः १
बाम गठबन्धनः पदम गिरीः (एमाले) ३९२७५ (बिजयी)
लोकतान्त्रिक गठबन्धनः अर्जुनप्रसाद जोशीः (नेका) २६८१९
मतान्तर ः १२४५६
जम्मा मतदाता ः १०७३००
खसेका मत ः६९८५३
सदर मत ः ६७५८२
बदर मत ः २२८१

प्रदेशसभा क्षेत्रसंख्याः २
प्रदेशसभा (क)
बाम गठबन्धनः नेत्र अधिकारीः (माओ) २१५०८ बिजयी)
लोकतान्त्रिक गठबन्धनः नवराज गुरुङः (नेका) १६६८५
मतान्तर ः ४८२३
जम्मा मतदाता ः ५८८२१
खसेका मत ः ३९३५१
सदर मत ः ३८७२७
बदर मत ः ६२४
प्रदेशसभा (ख)
बाम गठबन्धनः विकास लम्सालः (एमाले) १५४३४ (विजयी)
लोकतान्त्रिक गठबन्धनः (नेका) राजेन्द्र तिवारी ः १३३५२
मतान्तर ः २०८२
जम्मा मतदाता ः ४८४७९
खसेका मत ः ३०३८६
सदर मत ः २९५८४
बदर मत ः ८०२

spot_img

भर्खरै