पर्वत, मंसिर २१–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पर्वत प्रतिनिधिसभाका उमेद्वार अर्जुनप्रसाद जोशीले नारायण मावि क केन्द्रबाट मतदान गरेका छन् । उनले आज दिउसो १२ बजेर १५ बजे मतदान गरेका हुन ।
आजकै दिनबाट मुलुक नयाँ र ऐतिहासिक युगमा प्रवेश गरेको वताउदै जोशीले नागरिक सर्वोच्चतासहितको लोकतन्त्र, आर्थिक समृद्धि र विकास नेपाली का“ग्रेसको मूख्य एजेण्डा भएकोले का“ग्रेसको पक्षमा मत प्रकट हुने विश्वास उनले राखे । नेता जोशीले आफूले विगत १८ बर्षदेखि पर्वतका जनताको सुख दुखका साथै यहा“को बाटो विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र सिंचाई लगायत आयआर्जनका लागि ठूलो योगदान गरेकोले पर्वतका तीनै सिट का“ग्रेसले जित्ने दावी गरे ।
त्यसैगरि प्रदेशसभा अन्तरगत पर्वत ख का नेपाली का“ग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले विनुमावि सरौंखोला मतदान केन्द्रबाट मतदान गरे । पर्वत क का उम्मेदवार नवराज गुरुङको भने पर्वत ख भोर्लेमा नाम भएकोले उनले मतदान नगर्ने भएका छन् ।
त्यसैगरि बामगठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले काफलचौर मावि दुर्लुङ, प्रदेशसभा पर्वत क का उम्मेदवार नेत्र अधिकारीले नुवार सुवेदी थर मावि पाङ र पर्वत ख का उम्मेदवार विकास लम्सालले भवानी विद्यापिठ मावि खानीगाउ“बाट मतदान गरे ।