पर्वत, मंसिर १८–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुनप्रसाद जोशीले अहिलेको मुल मुद्दा भनेको जनताले जित्नेकी हार्ने भन्ने नै भएको बताएका छन् । ‘अहिलेको यो चुनावको मुद्दा भनेकै जनताले जित्नेकी हार्ने, लोकतन्त्रले जित्नेकी हार्ने, फेरी लोकतन्त्रका लागि आन्दोलन गर्नेकी अहिले प्राप्त लोकतन्त्रलाई संस्थागत गर्ने नै हो’ पर्वतमा विकासबादी नेताका रुपमा परिचय बनाएका जोशीले भने–‘मुलुकमा अहिलेको विश्वमै सर्बोत्कृष्ट संविधान रहनेकी नरहने भन्ने नै हो ।’
उनले बिगतमा राणाले देखेको सपना र राजाले निरंकुशताका लागि देखेको सपना अहिले बामगठबन्धनले देखेको बताए । बामगठबन्धनले जितेमा लोकतन्त्र र अहिलेसम्मका सबै परिवर्तन समाप्त हुने जोशीले दाबी गरेका छन् । उनले जनताको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्नका लागि बामगठबन्धनबिरुद्ध लोकतान्त्रिक गठबन्धन बनाएको बताए । उनले मुलुकमा दिगो शान्तिका लागि, मुलुकको स्थिरताका लागि, मुलुकको विकास र समृद्धिका लागि पनि लोकतान्त्रिक गठबन्धनको बिजयी सुनिश्चित हुनुपर्ने बताए ।
उनले आफु ०५६ सालमा सांसद हुँदा गाउँमा सडक नै नभएको, बिजुली नभएको, अधिकांश खानेपानीबाट बञ्चित भएको अवस्थामा अहिले गाडीमा चढेर प्रचारमा जुट्न पाउने अवसर बनाउन सकेकोमा गर्व गरे । धेरै जिल्लामा अहिलेपनि सडक गाउँगाउँमा पुग्न नसकेको उनले द्धन्द्धको अवरोधका बाबजुद पनि गाउँमा बजेट भित्राएर सडक, खानेपानी, बिद्युतिकरण, सिंचाईलगायतका पूर्वाधार पु¥याउन सकेकोमा खुशी लागेको बताए । विकास कहिल्यै पनि पुरा नहुने भन्दै उनले अवका पाँच बर्षमा उनले कालीगण्डकीमा चार सय मेगावाटको परियोजना बनाउन पहल गर्ने, संविधानको रक्षा गर्दै जनताको अधिकार र हक सुनिश्चिभत गर्ने, आफुले सुरु गरेका पूर्वाधारका कामलाई सम्पन्न गर्ने र जिल्लाका सबैलाई स्वरोजगार तथा रोजगार प्रदान गरेर समृद्ध जिल्ला बनाउने उद्घोष गरेका छन् ।