spot_img

मतदाता ढाँट्दै राजन भट्टराई–चावहिलवासी भन्दै ललितपुरको हाउजिङको बास


काठमाडौ, मंसिर १८–यो तस्विरमा देखिएको सुन्दर महल कुनै व्यापारिक घारानाका व्यक्तिको होइन । सेवाको लागि राजनीतिमा गरेको भन्दै काठमाडौं क्षेत्र नं ४मा प्रतिनिधि सभा सदस्यमा एमालेका उमेदवार राजन भट्टराईको हो । जो ललितपुरको धापाखेलमा रहेको प्रसिद्ध सिभिल होम्स्मा बस्छन् र आँफूलाई चावहिलको स्थानीय भन्दै जनतालाई ढाँटिरहेका छन् ।
निर्वाचन प्रचारका दरवियानमा राजनले पटक–पटक स्थानीय जस्तै आँफू धुलोले आजित भएको भ्रम छर्दै आएका छन् । तर, उनी वर्षौंदेखि करोडौं खर्चिर किनेको सिभिल होमको सुविधा सम्पन्न महलमा बस्छन् । धापाखेलमा रहेको सिभिल होमले निर्माण गरेको क्लोनीमा रहेको २१० नम्बरको घर राजनको हो । मतदातालाई स्थानीय रहेको भ्रममा पार्न टिकट पाएपछि करिब डेढ महिनादेखि उनले महानगरपालिका वडा नं ७ बुलबुलेमा बस्न थालेका हुन् । भट्टराइकी श्रीमति र बालबच्चा भने अहिले पनि धापाखेलमै घरमा बस्छन् ।
तपाइँलाई अझ आश्चार्यमा पार्ने अर्को सूचना छ– उनले यो भवन कसरी किने ? एमाले नेता माधब कुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकारका रुपमा रहँदा उनको तलब यो घर किन्न संभव थिएन । तर, पनि सल्लाहकारकै आम्दानीले यो महल खरिद भएको हो त ?
आम मतदाताले सोध्ने र विचार गर्ने बेला आएको छ । आखिर के छ राजनको धन्दा ? सिभिल होममामा उनले करिब ३ करोड रुपैयाँ खर्चेर घर किनेका हुन् । उनले यो घर खरिद गर्न पैसा राष्ट्रिय सुरक्षासम्बन्धी सूचना गम्भीर सूचना विदेशी निकायलाई बेचेर कमाएका हुन् । ती बाहेक घर किन्ने समयमा यी भारतीय दुतावास र मेडिकल माफियासँग समेत राम्रै सहयोग लिएको जानकारहरु बताउँछन् ।

भट्टराई अध्यक्ष रहेको नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) नामका संस्था खोलेर सुरक्षासम्बद्ध नीतिमा चलखेल गर्दै आएका छन् । एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला परराष्ट्र मामिला सल्लाहकार रहेका भट्टराई अध्यक्ष रहेको निप्सले नेपालको कार्यकालमा उनकै प्रभावमा विभिन्न परियोजना ल्याएर दर्जनौं कार्यक्रम गरेको कान्तिपुरका तत्कालिन पत्रकार सरोजराज अधिकारीद्धारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।

निप्सले राष्ट्रिय सुरक्षा नीति सम्बन्धि परियोजनाका लागि तीन करोड ४२ लाख ६१ हजार नौ सय ५० रुपैयाँ बराबरको सम्झौता गरेको थियो । राज्यको महत्वपूर्ण व्यक्तिलाई सहभागी गराएर कार्यक्रम हुने गरेकाले राष्ट्रिय सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने यस्ता गतिविधि नियमन गर्न कठिनाई भइरहेको भन्दै गृह मन्त्रालयका अधिकारीले समेत चिन्ता व्यक्त गरेका छन् । ती अधिकारीले राजनले गरेको कुकृत्यमा तत्काल मुद्दा चलाउँनुपर्ने अवस्था देखिएपनि राजनीतिक आवरणका कारण केही गर्न नसकिएको भन्दै निरिहता प्रकट गरे ।
सिभिल होमको क्लोनीमा उच्च आम्दानी भएका व्यापारिक घरानाका व्यवसायी बस्ने गरेका छन् । पार्टीकोकाममा भन्दा पनि कमाइ खाने धन्दामा लागेको भन्दै उनको पार्टी भित्र पनि आलोचना हुने गरेको छ । टिकट वितरणका समयमा पनि एमालेका क्षेत्र नं ४ का स्थानीय नेताले अस्वभाविक कमाई रहेका धापाखेल सरिसकेका टिकट दिनुहुन्न भनेर आवाज उठाएका थिए । तर दुतावासको दबाबमा केपी ओलीले कसैका गुनासै नसुनि राजनलाई टिकट दिएका थिए । उनले भारतीय दूतावासको कोटामै जवारलाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरेका हुन् ।
जनताका असल सेवक दाबी गर्ने राजनलाई भेट्न जान पनि सजिलो छैन । सिभिल होमको गेटमा पुगेपछि चौकीदारको खानतलासी र सोधपुछपछि मात्र उनको घरमा पुग्न सकिन्छ । विभिन्न सञ्चार माध्यममा चावहिल र कपनमा निर्माणाधिन बाटोको विषयलाई लिएर प्रतिप्रर्धि उमेदवार गगन थापाको आलोचना गर्ने गरेका भट्टराईको सिभिल होमको क्लोनीमा भने चिटिक्क परेका बाटा छन् । थापा भने रातोपुलस्थित पुस्तौनी घरमा बस्छन् ।
काठमाडौंमा निर्माणाधिन सडक संरचनालाई प्रतिस्पर्धीको आलोचना गर्दै आएका भट्टराईको चरित्र उदाब्गो भएको छ । भट्टराईले एमालेका कार्यकर्तालाई पनि ढाँट्ने गरेका छन् । ।।।धापाखेलमा घर किनेको हामीलाई पनि ढाँढेका थिए,’ कपनकै एमाले कार्यकर्ता प्रमोद ढुंगानाले भने, ‘धेरै पछिमात्र हामीले थाहा पाएका हौ ।’

spot_img

भर्खरै