spot_img

हाम्रो स्वतन्त्रता खोसिने होकी भनेर जनताहरु धेरै चिन्तित भएको पाए ः अर्जुन जोशी


पर्वत, मंसिर १८–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुनप्रसाद जोशीले गाउँगाउँका जनता लामो समय लडेर ल्याएको स्वतन्त्रता खोसिने पो होकी भनेर निकै चिन्तित भएको पाएको बताएका छन् । उनले आफ्नो एक महिने चुनावी प्रचारप्रसारको क्रममा गाउँगाउँका जनताले एमाले र माओबादीको बामगठबन्धनप्रति तिब्र आक्रोश र त्यसले लामो समयदेखि लडेर ल्याएको अधिकार खोसिनेमा चिन्तित रहेको पाएको बताए ।

‘जनताहरु सतर्क छन्, चिन्तित छन्m बामगठबन्धनप्रति एमाले र माओबादीभित्रकै कार्यकर्ताले असन्तुष्टि जनाएका छन्’ जोशीले भने–‘लोकतन्त्रप्रति बफादार एमाले र माओबादीका धेरै नेता कार्यकर्ताले बामगठबन्धनप्रति नै बिरोध गरेर कांग्रेसका उम्मेदवारलाई रुखमा मत हालेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ बामगठबन्धनले लोकतन्त्रलाई समाप्त पारेर मुलुकमा एकदलिय तानाशाही शासन ब्यवस्था ल्याउन लागेकोमा एमाले र माओबादीमा रहेर पनि लोकतन्त्रमा प्रतिबद्ध कार्यकर्ता रुष्ट रहेको जोशीले बताए ।

‘अहिले मैले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएपनि म लोकतन्त्रमा विश्वास गर्ने एमाले र माओबादी कार्यकर्ताको पनि उम्मेदवार हो’ उनले भने–‘नेपाली काँग्रेसका उम्मेदवारलाई रुखमा मत हाल्न उहाँहरु आतुर हुनुहुन्छ ।’

spot_img

भर्खरै