spot_img

आचारसंहिताबिरुद्ध गए उजुरी गर्नुस्, कारबाही गर्छौ ः निर्वाचन आयुक्त पौड्याल


पर्वत, मंसिर १५–निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले कुनैपनि दल, उम्मेदवारले आचारसंहिता बिपरित गरे तत्काल आयोगले कारबाही गर्ने चेतावनी दिएका छन् । ‘गलत काम जसले गरेपनि उजुरी पर्नासाथ कानुनबमोजिम गछौ’ पर्वतमा आयोजित राजनीतिक दलका प्रतिनिधि र पत्रकारसँगको अन्तरक्रियामा पौड्यालले भने ।
उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि कुनै शंका नगर्न आग्रह गरे । पौड्यालले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनका लागि सबै उपाय अपनाएको बताए । ‘विगतमा के के भए भन्ने कुरा अव ननिकालौ तर अव कसैले पनि निर्वाचनमा धाँधली भयो भन्ने अवस्था नै रहदैन’ उनले भने ।
क्षेत्रीय प्रशासक र ४ नम्बर प्रदेशका सुरक्षा प्रमुखलाई हेलिकप्टरमा सँगै लिएर आएका पौड्यालले शान्ति सुरक्षाको अवस्था, आचारसंहिता पालना भए÷नभएको, तत्काल निर्वाचन आयोगले लिनुपर्ने रणनीति बुझ्नका लागि आफु आएको उनले बताए ।
पौड्यालले निर्वाचन शान्तिरुपमा सम्पन्न भएपनि पछि धाँधली भएको, बुथ कब्जा गरिएको भन्नेजस्ता अर्नगल प्रचार आउने गरेको दाबी गरे । उनले मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउनकै लागि हरेक मतदान केन्द्रमा दलका प्रतिनिधि राख्ने ब्यवस्था गरिएको र तलमाथि भए त्यही ठाउँमा प्रश्न उठाउनुपर्ने बताए ।

spot_img

भर्खरै