spot_img

पर्वतका ६० वडामा बृद्धबृद्धाले दशैमै भत्ता पाउदा, वडा अध्यक्ष भिम गुरुङका कारण आर्थरबासीले पाएनन्

 
पर्वत, मंसिर १५–जनताले गाउँमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि धेरै अपेक्षा गरेका थिए । लामो समयदेखि गाउँमा जनप्रतिनिधि नहुँदा समस्या भोगेका जनताले त्यो आशा पाल्नु स्वभाविक पनि हो तर यहाँ त जनप्रतिनिधिले नै ग्रामिण भेगका बासिन्दालाई दुःख मात्रै दिएको पाइएको छ । पर्वतका ६१ वटा वडा मध्ये ६० वटा वडाका बृद्धबृद्धा र एकल महिलाले दशै अगाबै सामाजिक सुरक्षा भत्ता पाए तर नेकपा एमालेको तर्फबाट निर्वाचित कुश्मा–१४ आर्थरडाडाखर्कका भिम गुरुङले नियोजित रुपमा जनतालाई दुःख दिनकै लागि सामाजिक सुरक्षा भत्ता बितरणमा अबरोध गरेको पाइएको छ ।

कुश्मा नगरपालिको बजेट ल्याउनका लागि नेकपा एमालेले अबरोध गर्दागर्दै पनि नगर प्रमुख रामचन्द्र जोशीले कर्मचारीको तलबभत्ता, बृद्धबृद्धा, अपाङ्ग र एकल महिलाले मासिक रुपमा पाउने भत्ता दिनुपर्छ भनेर रिक्स मोलेर पैसा निकासा गरेपनि आर्थरडाडाखर्कका वडा अध्यक्ष भिम गुरुङले जनतालाई दुःख दिनकै लागि अहिलेसम्म भत्ता नदिएको पाइएको हो । पहिलो चौमासिक सकिदासम्म पनि भत्ता बितरणमा वडा अध्यक्ष भिम गुरुङले अबरोध गरेपछि गुरुङ चौतर्फी आलोचित भएका छन् । चुनावमा लाखौ रुपैयाँ खर्च गरेका उनले त्यही सामाजिक सुरक्षा भत्ताबाट कमिसन उठाउनका लागि अहिलेसम्म पनि भत्ता बितरण नगरेको स्रोतले बतायो ।

कुश्मा नगरपालिकाका नगर प्रमुख जोशी सधै बरु आफ्नो खर्च होस तर जनताको क्षति हुनुहुँदैन र जनताले दुःख पाउनुहुदैन भनेर नै एमालेले नगरसभाबाट बजेट पारित गर्न नदिदा नदिदै पनि जेष्ठ नागरिक र एकल महिलाको समस्या बुझेर बरु म जेल जान्छु तर उनीहरुको बजेट रोक्दिन भनेर सामाजिक सुरक्षा भत्ता निकासा गरेका थिए । यता आर्थरडाडाखर्कका वडा अध्यक्ष भिम गुरुङले दशैमै बुझाउनुपर्ने भत्ता नबुझाएका हुन । स्रोतका अनुसार उनले घरघरमा रहेका जेष्ठ नागरिकको चेक संकलन गरेर केही रकम चुनाव खर्च उठाउनका लागि अहिलेसम्म नाटक गरेको बुझिएको छ ।

spot_img

भर्खरै