spot_img

बृबबृद्धाको पैसाबाट आर्थरका वडा अध्यक्ष र एमालेले चुनाव खर्च उठाउन खोजेपछि….

पर्वत, मंसिर १५–सबै वडामा सामाजिक सुरक्षा भत्ता बितरण भइसक्दा पनि कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थरडाडाखर्कका वडा अध्यक्षले बृद्धबृद्धा र एकल महिलालाई भत्ता दिन अबरोध गरेको पाइएको छ । वडा अध्यक्ष भिम गुरुङले बैशाख २१ मा भएको स्थानीय तह निर्वाचनमा भएको खर्च उठाउने डिजाइन अनुसार नगरपालिकाले बृद्धबृद्धा र एकल महिलाको खातामा पठाएको रकम हिनामिना गर्ने दुस्साहस गरेका हुन ।

नगरपालिका प्रमुख रामचन्द्र जोशीले समयमै बृद्धबृद्धा र एकल महिलाको रकम निकासा गरेपनि नेकपा एमाले पर्वतको डिजाइनमा गुरुङले गाउँका बृद्धबृद्धा र एकल महिलाका लागि दिने रकम घोटाला गर्ने योजना बुनेका हुन । गाउँमा रहेका बृद्धबृद्धा र एकल महिलाको सबै चेक बुक उठाएर आर्थरडाडाखर्कका वडा अध्यक्ष भिम गुरुङले बदमासी गर्न लागेको बिषयमा आर्थरमा ब्यापक बिरोध भएको छ ।

वडा अध्यक्ष भिम गुरुङलाई यसअघि स्थानीय सहकारीको रकम हिनामिना गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका आर्थरडाडाखर्कका भिम गुरुङले गाउँका बृद्धबृद्धा र एकल महिलाले खै भत्ता भन्दा नगरपालिकाले नदिएको भन्ने आरोप लगाउने गरेका थिए ।

तर कुश्मा नगरपालिकाले बृद्धबृद्धा र एकल महिलाले पाउने भत्ता समयमै दिनुपर्छ भनेर निकासा गरेपनि बृद्धबृद्धा र एकल महिलाले समयमै नपाउनुको कारण वडा अध्यक्ष भिम गुरुङ नै भएको पाइएको छ । ‘अन्यत्र सबै वडाका बृद्धबृद्धा र एकल महिलाले पाइसकेका छन तर वडा अध्यक्ष भिम गुरुङले बृद्धबृद्धा र एकल महिलाले पाउने कमिसन खान खोज्दा ढिला भएको हो’ स्रोतले भन्यो ।

spot_img

भर्खरै