spot_img

काँग्रेस एकढिक्का छ, जनताले देखाएको उत्साहले काँग्रेसको जित सुनिश्चित छ ः गुरुङ


पर्वत, मंसिर १२–नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति एवम् पर्वत क का प्रदेशसभा सदस्य उम्मेदवार नवराज गुरुङले काँग्रेस एकढिक्का भएर चुनावमा जुटेको बताएका छन् । उनले चुनावको प्रचारप्रसारका क्रममा मतदाताले देखाएको उत्साहले नेपाली काँग्रेसको जित सुनिश्चित भएको बताए । प्रचारका क्रममा आफ्नो पुख्र्यौली गाउँ कुश्मा नगरपालिका–३ दुर्लुङ पुगेका काँग्रेसका प्रभावशाली नेता गुरुङले जनता बामगठबन्धनको भ्रमबाट मुक्त हुन चाहेको बताए । अहिलेको चुनाव ब्यक्ति भन्दा पनि विचारको भएको भन्दै गुरुङले लोकतन्त्र बचाउन, पर्वतलाई विकास र समृद्धिको नमुना जिल्ला बनाउन नेपाली काँग्रेसको जित आवश्यक रहेको बताए ।

उनले अहिले बामगठबन्धनको जित भएमा नेपालमा कहिल्यै चुनाव नै नहुनेगरी लोकतन्त्रको हत्या हुने चेतावनी दिए । ‘बामगठबन्धन लोकतन्त्रलाई निमिट्यान्न पार्न चाहन्छन् तर जनता लोकतन्त्रका लागि अब कहिल्यै संघर्ष गर्न नपर्नेगरी संस्थागत गर्न चाहन्छन्’ गुरुङले भने ।

उनले आफु आर्थिक अवस्था कमजोर हुँदा आमाको गहना बिक्री गरेर उच्च शिक्षा हासिल गरेको र आफुले ब्यक्तिगत स्वार्थ छाडेर जागिर नखाई जनताको काम गर्न राजनीतिमा आएको बताए । ‘मैले उच्च शिक्षा हासिल गरेपछि मेरी आमाको एउटै मात्रै सुझाब थियो, आफ्नो ब्यक्तिगत स्वार्थ होइन, मजस्तै हजारौ आमाहरुको सेवा गर छोरा’ उनले भने–‘त्यसैले जागिर नखाई बुवाआमा, दाजुभाई, दिदिबहिनीको सेवामा राजनीतिमा लागेको हुँ ।’

spot_img

भर्खरै