पर्वत, मंसिर १२–नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वतमा काँग्रेससँग कसैको प्रतिष्पर्धा नभएको बताएका छन् । नेपाली काँग्रेसले कुश्मा नगरपालिका–३ दुर्लुङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै जोशीले जिल्लाको विकासका लागि पर्वतमा नेपाली काँग्रेसले तीनै क्षेत्र जित्ने बताए ।
‘चुनाव काँग्रेसले जित्दैछ, हाम्रो प्रतिष्पर्धा कसैसँग छैन’ उनले भने । उनले काँग्रेसको प्रतिष्पर्धा गरिबीसँग भएको भन्दै पाँच बर्षभित्रमा पर्वतलाई विकास र समृद्धिको हिसाबले धेरै अगाडी बढाउने बताए । ‘काँग्रेसका तीनै जना उम्मेदवारले पर्वत जिल्लालाई पाँचबर्षभित्रमा गर्ने कामको स्पष्ट योजना बनाएका छौ’ उनले भने–‘पर्वतमा काँग्रेसले अहिलेसम्म गरेका कामले अरु कसैसँग प्रतिष्पर्धा नै छैन ।’
अहिलेको चुनाव लोकतन्त्र मुलुकमा रहनेकी अधिनायकबाद स्थापना गर्नेबिचको लडाई भएको भन्दै जोशीले बामगठबन्धनले जितेमा जनता हार्ने बताए । उनले बामगठबन्धनको सत्ता आएमा ५० औ बर्ष शासन गर्ने भनेर अधिनायकबाद ल्याउने कुरा स्मरण गराइसकेका छन भन्दै जोशीले भने–‘काँग्रेसको सबैभन्दा ठुलो चिन्ता भनेको चुनाव हार्ने र जित्नेसँग होइन, मंसिर २१ गते पछि फेरी चुनाव हुन्छ की हुँदैन भन्ने हो ।’





