spot_img

फलेबासमा तीन दिनमा माओबादी केन्द्रका सचिवसहित बामगठबन्धनका ८३ जना काँग्रेसमा


पर्वत, मंसिर १०–दोस्रो चरणको प्रचारप्रसार लिएर फलेबास नगरपालिका छिरेका पर्वत प्रदेशसभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले तीन दिनमा ८३ जनालाई काँग्रेसमा प्रवेश गराएका छन् । थापाठानामा माओबादी केन्द्रका सचिव श्याम सापकोटासहित थापाठाना, भंगरा, कार्कीनेटा, शंकरपोखरीमा एमाले र माओबादीका ८३ जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन ।

बामगठबन्धनप्रति असन्तुष्टि जनाउदै मुलुकमा पहिलो चरणमा स्थानीय तहको चुनावभन्दा १० प्रतिशत मत खसेको सन्दर्भमा पर्वतमा भने धमाधम बामगठबन्धनका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । तिवारीले आफु पर्वतको विकासका लागि नयाँ भिजन लिएर आएको भन्दै आफ्ना योजना र पुरा गर्ने आधार राखेपछि धमाधम काँग्रेसप्रतिको मोह बढेको हो ।

यसअघि पर्वतको दक्षिण भेगमा साढे चार सय बामगठबन्धनका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् । सँगठनका हिसाबले सधैँ काँग्रेसको पकडका रुपमा रहेको पर्वत ख मा एमालेमा उम्मेदवारप्रतिको असन्तुष्टि, माओबादी केन्द्रको आफ्नो उम्मेदवार नहुनु, काँग्रेसका नेता कार्यकर्ताको एकबद्धताले  तीन हजार आठ सय मतले काँग्रेसले अग्रता लिएको बताइएको छ ।

spot_img

भर्खरै