
पर्वत, मंसिर १०–लामो समयदेखि पर्वतको दक्षिण भेगले इमान्दार, जनतालाई सम्मान गर्ने, जनताको समस्या बुझेको र समस्या समाधान गर्नसक्ने, झुट नबोल्ने नेताको अभाव झेलिरहेको सन्दर्भमा पैंयूँ–६ का राजेन्द्रप्रसाद तिवारीले काँग्रेसबाट टिकट ल्याएपछि काँग्रेसमात्रै होइन, एमाले, माओबादी, राप्रपा र जनमोर्चाका कार्यकर्ता समेत उत्साहित भएका छन् । पर्वत–२ मा जसलाई जिताएपनि सधै कामै नगर्ने र ब्यक्तिगत स्वार्थमा मात्रै रुमलिएकै बेला पैंयूँमा स्वास्थ्य, शैक्षिक सुधारका साथै भुकम्पमा आफ्नो ब्यक्तिगत लगानीमा पनि जनताको दुःख आफ्नो पनि दुःख हो भनेर लागेका राजेन्द्रप्रसाद तिवारी प्रदेशसभातर्फ पर्वत ख बाट उममेदवार भएपछि पर्वत ख का बासिन्दा उत्साहित भएका छन् ।
२००७ सालमा राणाशासनका बिरुद्धसमेत हिँडेका र पर्वतमा नेपाली काँग्रेस स्थापनामा महत्वपूर्ण भूमिका खेलेका दुर्गाप्रसाद तिवारीका कान्छा छोरा राजेन्द्रप्रसाद तिवारी पर्वतको दक्षिण भेग सधै पछाडी परेको र यसपटक अवसर दिएमा राज्यबाट पाउने कुनैपनि सेवासुविधा नलिएरै जनताको सेवामा सर्मपित हुने घोषणा गरेर लागेका छन् । २०४६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय भएर लागेका तिवारी हाल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् । पार्टीमात्र नभएर सबै विचार अगाल्नेलाई उत्तिकै सम्मान र सहयोग गर्ने तिवारी मैदानमा आएपछि टकलाकदेखि कार्कीनेटा र मुडिकुवादेखि शालिग्रामसम्मका युवादेखि बृद्धबृद्धासम्म उत्साहित छन् ।
‘यसपटक पनि राजेन्द्रप्रसाद तिवारीलाई जिताउन सकिएन भने पर्वतको दक्षिण भेग २० औ बर्ष पछाडी पर्छ र सधै पश्चताप गरेरै बस्नुपर्छ’ जिल्लातहमा नेतृत्व गरेका एक एमाले नेताले भने–‘यसपटक एमाले भनेर हेर्ने होइन, खुरुक्क रुखमा भोट हाल्ने हो ।’ साच्चिकै जुन दिन राजेन्द्रप्रसाद तिवारीले काँग्रेसबाट टिकट पाएर मैदानमा आए त्यहीबाट एमालेका निवर्तमान सांसद विकास लम्सालको दिनगन्ती सुरु भएको छ ।
पाडापाडी संरक्षणको नाममा लाखौ रुपमा हिनामिना गरेको, शेयरधनीको लगानी नै डुबाएको, संसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २० लाख रुपैयाँको बुक्षारोपण गर्न नर्सरी तयार गर्ने भनेर भुसंरक्षण कार्यालयको नर्सरी देखाएको, वडा वडामा चुनाव जित्नका लागि बोलेको पैसा नदिएको, खर्च नतिरेको, बिद्यालय, आमा समुह, युवा क्लबका लागि बोलेको पैसा बिनियोजन गरेर आफै निकालेर खर्च गरेको, दिएको ठाउँमा पनि २५ देखि ५० प्रतिशतसम्म कमिसन राखेर दिएको, बृद्धबृद्धा सम्मनको नाममा लाखौ रुपैयाँ बिनियोजन गरेपनि दोसल्ला खरिदमा ५० प्रतिशतबढी कमिसन लिएको जस्ता आरोप लम्सालमाथि लागेका छन् ।
अहिले पनि चुनाव जितेपछि जे सुकै होला भन्दै लाखौ रुपैयाँ दिन्छु भन्दै बोल्दै हिँडेका लम्साल काँग्रेसले एक इमान्दार युवा राजेन्द्रप्रसाद तिवारीलाई अगाडी सारेपछि बिलखबन्दमा परेका छन् । ‘जितेर गएपछि सही काम गरे पो फेरी भोट दिएर जिताउने हो’ बिहादी गाउँपालिकाका अहिलेसम्म एमालेलाई नै मत दिएका एक एमाले कार्यकर्ताले भने–‘यसपटक राजेन्द्रको विकल्प छैन ।’


