spot_img

एमालेका उम्मेदवार पदम गिरीको गाउँ बन्यो काँग्रेसमय, ४७ जना काँग्रेसमा प्रवेश


पर्वत, मंसिर १२–कुश्मा नगरपालिका–३ दुर्लुङमा एमाले, माओबादी र जनमुक्ति पार्टीका ४७ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पाएका पदम गिरीकै गाउँका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेपछि गाउँ नै काँग्रेसमय बनेको छ ।
काफलचौर उच्च माध्यमिक बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुँदा आर्थिक हिनामिना पारेको आरोप लागेका पदम गिरीको गाउँका एमालेले गिरीले जितेपनि केही गर्न नसक्ने भन्दै लोकतन्त्रको रक्षा, शान्ति, विकास, समृद्धि र स्थायित्वका लागि नेपाली काँग्रेसको विकल्प नभएको भन्दै काँग्रेसमा प्रवेश गरेका हुन ।

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका पूर्वपार्टी सभापति एवम् प्रदेशसभा सदस्य पदका उम्मेदवार नवराज गुरुङले पार्टीमा भित्राएका थिए ।
नेपाली काँग्रेसमा प्रवेश गर्नेमा एमालेका लालबहादुर गुरुङ, राम बसेल, बले बसेल, दिलिप बसेल, सञ्जु बसेल, प्रकाश पिप्ला, हर्कबहादुर विक, डिलमाया पुन, नरजंग पुन, सरल पुन, जगत पुर्जा, सुमन पुन, सागर पुन, नरबहादुर पुन, खिमबहादुर चोचाङ्गीलगायत ४७ जना रहेका छन् ।

spot_img

भर्खरै