पर्वत, मंसिर ८–पर्वतको जलजला गाउँपालिकामा ठुलो संख्यामा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बामगठबन्धनप्रति तिब्र असन्तुष्टि जनाउदै एमाले र माओबादीका तीन सय ६८ जना प्रवेश गरेका छन् । जलजला गाउँपालिकाको मल्लाज, शालिजा र धाइरिङबाट यति ठुलो संख्यामा एमाले र माओबादी कार्यकर्ताले पार्टी छाडेका हुन ।
एमाले र माओबादी छाडेकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशी, पर्वत क प्रदेशतर्फका उम्मेदवार नवराज गुरुङ, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार लालकाजी गुरुङ, समानुपातिक प्रदेशसभाका उम्मेदवार ललितकला गुरुङ, नेपाली काँग्रेसका युवा नेता युवराज जोशी, बिद्धान गुरुङ, यामबहादुर मल्ला, कृष्ण केसी लगायत काँग्रेस नेताहरुले नेपाली काँग्रेसमा प्रवेश गराएका हुन ।
प्रवेश गरेकाहरुले जनताको असल पार्टी भनेकै नेपाली काँग्रेस भएको भन्दै यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अत्यधिक मतले नेपाली काँग्रेसलाई जिताउने प्रतिबद्धता जनाएका थिए । जलजला गाउँपालिकाको मल्लाजमा एउटै गाउँका दुई सय ५० जना, शालिजामा ४८ जना र धाइरिङमा ७० जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
प्रचारप्रसारका क्रममा पर्वतको दक्षिणभेगमा साढे चार सय प्रवेश गराएका काँग्रेस नेता अर्जुनप्रसाद जोशीले पर्वत क क्षेत्रमा जहाँ गयो त्यही ठुलो संख्यामा प्रवेश गराउदै हिडेका छन् ।