पर्वत, मंसिर ९–बृद्धबृद्धा सम्मानको नाममा बर्षेनी लाखौ रुपैयाँ अनियमितताको आरोप लागेका निवर्तमान सांसद विकास लम्साललाई टकलाकका मिनप्रसाद न्यौपानेले बृद्धबृद्धाको नाममा छुट्याएको बजेट गायब पारेको गुनासो गरेका छन् ।
पाडापाडी संरक्षणको नाममा लाखौ रुपैयाँ हिनामिना पारेको, शेयरधनीको शेयर समेत जथाभावी गरेको, बृक्षारोपणका लागि नर्सरी तयार गर्ने भनेर संसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रकम बिनियोजन गरेर जिल्ला भुसंरक्षण कार्यालयको नर्सरी देखाएका लम्सालले बृद्धबृद्धालाई गर्ने सम्मानमा दोसल्लामा घोटाला गरेको आरोप लागेको छ ।
यसैक्रममा लम्सालले टकलाकका बृद्धबृद्धालाई सम्मान गर्नका लागि भनेर बिनियोजन गरेको एक लाख रुपैयाँ गायब पारेको न्यौपानेले बताएका छन् । उनले लम्साललाई भनेका छन्–‘टकलाकमा बृद्धबृद्धा सम्मानका लागि छुट्याइएको एक लाख रुपैयाँ कहा गयो कामरेड ? बितरण त गरिएन नी ।’
पर्वत ख मा प्रदेशसभातर्फ उम्मेदवार भएका लम्साललाई ०७० सालको संविधानसभा निर्वाचनमा भएको खर्च नतिरेको, धेरै ठाउँमा बजेट दिन्छु भनेर नदिएको, शैक्षिक संस्थामा बिनियोजन भएको रकममध्ये कमिसन राखेर मात्रै प्रदान गरेको आरोप छ ।