
हेर्नुहोस त हामि नेपाल कै मुटुमा छौ | हामि एक बिकशित जिल्ला हुनु पर्ने , सम्पूर्ण नेपालको लागि उदाहरण हुनु पर्ने | पर्बतका जनता हरु मेहनती नभएर हामि पछि परेका होइनौ , युवाहरु को उर्जा देख्दा लाग्छ हामि अहिले सम्म बिकासका खुड्किलाहरु पार गरि एक सम्मुनत जिल्लाको रुपमा स्थापित भैसकेको हुनु पर्ने | तर बिडम्बना हेर्नुस , अथाह चाहाना हुदा हुदै र खुन-पसिना बगाएर दिन रात पर्बतबासि ले मेहनत गर्दा गर्दै पनि हामि कहिल्यै अगाडी बढ्न सकेनौ | म कसैलाई दोष दिन चाहन्न तर हेर्नुस त दक्षिण पर्बत को पसिना कहाँ गएर पोखियो ? पर्बत -ख लाइ हेरौ एकचोटी, हामीलाई प्रकृतिले दिएको क छैन हामि संग ? सबैलाई उतिकै सम्मान गर्दै मात्र एउटा प्रश्न : खै युबाका लागि रोजगार ? खै बिकासका पुर्बधार ? संसार कहा बाट कहाँ पुगिसक्यो , विदेशमा मात्रै हैन काठमान्डू-पोखरामा समेत घर घरमा तातो-चिसो पानि आउछ तर हामि अझै पनि एक कोष हिडेर दोबिल्ला को पानि ल्याएर जिबन चलाउन बाध्य छौ ? हामि माथि किन विभेद ? के हामि पनि उतिक्कै नागरिक हैन ? गरिबलाइ अधिकार छैन एक स्टान्डर स्वाभिमानी जिबन जिउने ? भुकम्पमा भत्केका घर कहिले बन्ने ? अबोध बालबालिका पढ्ने बिद्यालय कहिले बन्ने ? ससम्मान यो पनि भन्न चाहन्छु; ठुला ठुला कुरा गरेर जनतालाइ फसाएर कहिले सम्म रजाइ गर्ने ? के हामिलाइ कुनै साम्राज्यबाद ले भ्रस्टचार गर -बिकास नगर भनेको छ ? के कुनै शक्तिले जनतालाई ठग्नु पर्छ , जनता को भाग आफ्नै परिवार भित्र पार्नु पर्छ भनेको छ ? छैन, यो सबै छल र कपट प्रयोग गरि गरिबलाइ दबाएर राख्ने प्रपन्च हो |
खै पर्बत जिल्लामा मेडिकल, इन्जिनियरइंग कलेज ? खै प्राबिधिक शिक्षा ? खै बिकासका पुर्बधार ? यी कुराहरु हाम्रा अधिकार हुन् , कसैको दयाले प्राप्त हुने चिज होइनन | हामि सचेत हुनु जरुरि छ | बिशेषगरि युबा साथीहरु |
सम्मुनत पर्बत को मेरो सपना छ | स्विजरल्याण्ड बनाउछु भनेर मुख बजाएर काम छैन तर यति कुरा ठोकेर भन्छु अबशर दिनुहोस पर्बतका पहाडलाइ लाइ काठमान्डू नजिकैको पहाडी क्षेत्र जस्तै धुलिखेल , सम्मा फाटहरुलाई पोखरा , काठमान्डू जस्तो सम्पन अबश्य बनाउने छु | भिजन छ , दृढ संकल्प छ , आत्मविश्वास छ |
हजुरहरुको सपना के छ ? मेरो र हजुरहरुको सपना मिल्छ भने किन हातेमालो नगर्ने ? आउनुस यहि हो सुबर्ण अबशर – पर्बत जिल्ला को लागि हामि भित्रका सबै आस्था-कुण्ठा जे छन् , सबै पाखा सारेर अगाडी बढौ | परिवर्तन सम्भव छ |