पर्वत, मंसिर ८–तत्कालिन नेकपा माओबादीको सशस्त्र द्धन्द्धले गाउँमा बजेट लैजानै अबरोध र एमालेको बिकासबिरोधी गतिविधिका बाबजुद पनि गाउँगाउँमा सडक, घरघरमा बिजुलीबत्ती, अधिकांश वडामा खानेपानीको ब्यवस्थापन गरेको नेपाली काँग्रेसले आगामी पाँच बर्षभित्रमा पर्वतका मुख्य कच्ची सडकलाई कालोपत्रे गर्ने घोषणा गरेको छ ।
त्यस्तै काँग्रेसले पाँचबर्षभित्रमा शतप्रतिशत पर्वतबासी जनतालाई खानेपानी पु¥याउने, हरेक स्थानीय तहमा अस्पताल स्थापना गर्ने, अहिले गाउँमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने, सिंचाईको सुविधा नरहेका अहिलेका बाझो जमिनमा सिंचाई पु¥याएर कृषि उत्पादन बढाउने, जलबिद्युतमा जनताको लगानी तथा बेरोजगारलाई सीपमार्फत एक घर एक रोजगार दिलाउने, जन्मदेखि मृत्यु हुँदासम्म सामाजिक सुरक्षाका कार्यक्रम घोषणा गरेपछि अत्तालिएका बामगठबन्धनले पर्वतमा काँग्रेस उम्मेदवारमाथि गालीगलौचमा उत्रिएका छन् ।
विशेषगरी पर्वतको विकासमा सधै अबरोध गर्दै आएको नेकपा एमालेका नेताले जनताको मन जित्न नसकेपछि विभिन्न कपोकल्पित आरोप लगाएर मतदातालाई प्रभावित पार्ने अभियान चलाएका छन् । छिमेकका अन्य जिल्लामा हरेक वडामा सडकसम्म नपुगेको अवस्थामा पनि पर्वतको वडामा होइन टोलटोलमा सडक पु¥याएर जनताबाट स्याबासी पाएको काँग्रेसलाई एमालेका नेताले १८ बर्षसम्म के ग¥यो काँग्रेसले भनेर चुनावी नारा बनाएका छन् । चुनाव लड्न जिल्ला आउने र हारेपछि कहिल्यै जनताको समस्या बुझ्न समेत नआउने एमालेका नेताहरुले विगतमा पराजित हुनुपरेको पीडा ओकलिरहेका छन् ।
०७० सालमा भारी मतले हार चाखेका एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाले १८ बर्षमा अर्जुन जोशीले के गरे भनेर पर्वतका जनताकै अपमान गरेका छन् । अर्जुन जोशीकै विशेष सक्रियतामा बनेका सडकमा गाडी चढेर गाउँगाउँमा चुनावी भाषण गर्दै हिडेका तिमिल्सिनाले बुझ्नुपर्छ की अर्जुन जोशी कति दिन काठमाडौ बस्छ ?, कति दिन कुश्मा बस्छ ? र कति दिन गाउँ पुगेको हुन्छ ? कामविशेषबाहेक प्राय जिल्लामै रहने अर्जुन जोशीले पर्वतमा कुनैदिन पनि जनता नभेटी बस्दैनन् भन्ने कुरा पोखरामा बसाई सरेका तिमिल्सिनालाई थाहा नभएको पनि हुनसक्छ ।
जोशीले पर्वत रहदा हरेक दिन गाउँमा पुग्ने कार्यक्रम बनाएर पुगेका हुन्छन् । बासखर्कदेखि टकलाकसम्मका जनतामा पुगेर समस्या बुझ्ने जोशीले पर्वत–१ बाट विगतमा बिजयी भएपनि पर्वत २ मा समेत विभिन्न मन्त्रालयबाट करोडौको बजेट पार्दै आएका छन् । सधैभरी जिल्लाबासीकै समस्यामा जुध्दै आएका उनै जोशीलाई विकास नगरेको भनेर कुर्लनु मुर्खता बाहेक केही होइन ।
जोशीसँग प्रतिष्पर्धामा उत्रिएका प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले पनि अर्जुन जोशीले केही गरेन भन्नुभन्दा आफुले के गरे भनेर जवाफ दिनुपर्दैन । विगतमा काफलचौर उच्चमाविको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा रहदैगर्दा आर्थिक अनियमितताको आरोप समेत लागेका गिरीले पार्टीको अध्यक्षजस्तो पदमा रहदा पर्वतका गाउँमा कति पटक गए ? उनले कुन गाउँका जनताको के काम गरे ? जनतालाई जानकारी दिनुपर्दैन । आफुले केही नगर्ने र आगामी दिनमा गर्ने अजेण्डा पनि प्रस्तुत गर्न नसक्ने ? अनि अर्जुन जोशीले केही गरेन भनेर गालीगलौच गरेर मत बढ्छ भन्नु नै गलत हो । जनताको मत लिनका लागि जनताका काम गर्नुपर्छ भन्ने कुरा नेताले बुझ्नुपर्छ ।