spot_img

हतोत्साही प्रचण्ड–ओली, काँग्रेसले सहयोग नगर्दा खतरा रहेको प्रचण्डको गुनासो, ओलीले भने–‘पर्वतका सबै ढुंगा औषधी हुन’


पर्वत, मंसिर १–नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई नेपाली काँग्रेसले सहयोग गर्नुपर्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । काँग्रेसले आफ्नै उम्मेदवार उठाएर राप्रपा प्रजातान्त्रिकलाई सहयोग नगरेको भए मत विभाजनको आधारमा जित्नसक्ने तर अहिले आफु खतरा जोनमा पुगेको गुनासो गरेका छन् ।

बामगठबन्धनको सभालाई सम्बोधन गर्न आएका दाहालले प्रधानमन्त्री पद हस्तान्तरणका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनेता भनेको प्रसंग कोट्याउदै दाहालले राजनेतालाई सर्बसम्मत जिताउन काँग्रेससमक्ष आग्रह गरे ।

‘शेरबहादुरजीले मलाई राजनेता भन्नुभएको थियो, राजनेताकाबिरुद्ध उम्मेदवार उठाउदा दुःख लागेको छ’ उनले राप्रपालाई दिएको समर्थन फिर्ता लिन माग गर्दै भने–‘राजनेताका बिरुद्धमा उम्मेदवारी दिने भए राजनेता शब्द नै फिर्ता लिनुहोस् ।’ झण्डै २५ मिनेट बोलेका माओबादी अध्यक्ष दाहालले अधिकांश समय आफु चितवन–३ मा अफ्ठ्यारोमा परेको गुनासो गरेका थिए ।

उता छुट्टै हेलिकप्टरमा ओर्लेका ओलीले पर्वतका ढुंगाहरु औषधी भएको भन्दै पर्वतेली जनतालाई बेकुफ बनाउने प्रयास गरेका थिए । ‘पर्वतमा धेरै सम्भावनाहरु रहेका छन्, यहाँ धेरै जडिबुटी रहेका छन्’ बरालिएर बोलेका ओलीले भने–‘पर्वतका ढुंगाहरु पनि औषधी हुन ।’

बामगठबन्धन बनाएपनि जिल्ला–जिल्लामा भएको बामभित्रकै किचलोका कारण त्रसित र थकित देखिएका ओलीले पर्वतको कुश्मामा १५ मिनेट बोलेका थिए ।

spot_img

भर्खरै