भुमिराज शर्मा
अहो! कस्तो मिलेका हुन प्रचण्ड र ओलीहरु ।
कति छिट्टै फेरिदैछन यी दुईका ती बोलीहरु ।।
हिजो एकले अर्को लाई सत्तो सराप गर्ने गर्थे ।
आज सँगै हिड़ेका छन गठबन्धनका टोलीहरु ।।
पुजिबाद बिकास गर्दै समाजबादको मार्गचित्र ।
के को निम्ति बगे होलान् रगतका खोलीहरु ।।
कहिले हो निकाली दिने भन लाल कमरेडहरु ।
घाइतेका शरीरभित्र अड्किएका ती गोलीहरु ।।
उस्तै छन् गाउँ बस्तीहरु गरिबी झन उस्तै छ ।
चुहिने छानो फाटेका ती गुन्यू अनि चोलीहरु ।।
नाताबाद कृपाबाद घुसखोरीको बिगबिगी छ ।
अझै भरिएका छैनन् भ्रष्टाचारका झोलीहरु ।।
आश्वासन सबैले दिन्छन् कर्म गरी देखाउनु छ ।
सकेनौ भने अन्धकार हुने छन् तिम्रा भोलिहरु ।।