spot_img

दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

काठमाडौँ, २ असोज । दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन् । विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले समात्ने र कच्ची सडकमा मार्ग इजाजत नदिएका लगायत समस्याले टिकट सुरक्षित गर्ने काम सुरु गर्न नसकेको यातायात व्यवसायी बताउँछन् ।

spot_img

भर्खरै