“साँझ”
झम्के साँझ
न अाउ ल म माझ
कम्जाेर भएर
पहिराे गएकाे छ
मनमा ,
थिर छैन अाज ।
साँझकाे झझल्को ले
झसंग झसंग
झस्काएर तर्साउछ
वरिपरि डुलु झै
अधरमा भुलु झै गराँछ ।
जुनकिरी हरू छेउछाउमा
डुलेर जिस्काउदै
पागल झै गराउँछन
उस्काे यादहरूलाई
झन झन
नजिक ल्याएर
थाेपार्छन ।
दिन ढल्केर
रात अाधा हुन नपाउदै
जुनकिरी लाई खै
के सनक चल्छ
दाैड धुपमा तछाड
म छाड गरी
व्यस्त हुन्छन्
एकअाेहाेरिएर
उ टाढा भएकाे
विश्वास नै गर्दैनन
अत्याउछन
हरेक साँझ यसै गरि झस्काउछ ।
बेईमानि छाै गाेधुली
घुमि घुमि
एक्लै अाईरहन्छाै
न त उस्लाई लिएर अाउछाै
न त टाढा गराउछाै
एकनासकाे भाउन्न चलाउछाै ।
न दिनकाे प्रहर छ
न रातकाे रहर छ
अधकल्चाे जहर
खहरे ले हाने झै
एक्कासी हुरी बतासले
बनाएकाे बेहाल झै
गराउछाै किन साँझ
सधै अाएर म माझ ।
