spot_img

समयावधिमा चापागाईले योजना बुँझाउनै सकिनन्

 

पर्वत, असोज ३१–निवर्तमान सांसद कल्पना चापागाई जोशीले आफ्नो पदावधिभित्र सांसद विकास कोषको रकम बितरण गर्न असफल भएकी छन् । शनिबार पदावधि सकिदासम्म उनले जिल्ला प्राविधिक कार्यालयमा कुनैपनि योजनाको नाम दिन नसकेकी हुन ।
समानुपातिक तर्फबाट सांसद भएकी उनले जिल्ला प्राविधिक कार्यालयमा असोज ९ गनेको मितिमा निबेदन दिएपनि कुनैपनि योजनाको नाम उल्लेख छैन । सांसदको समयावधि सकिनैगर्दा देशभर अर्बौ रुपैयाँ बितरण हुदै गर्दा चापागाईले योजना सम्पन्न गर्नका लागि दुर्गा शर्मालाई तोकेको निबेदन दिएपनि योजना बितरण गर्न असफल भएको जिल्ला प्राविधिक कार्यालय पर्वतस्रोतले जनायो ।
‘अब पहिलाको मिति राखेर योजना बितरण गरेको ल्याउने तयारी होला’ स्रोतले भने–‘शनिबार संसदको म्याद सकिएको हो, सोमबार कार्यालय खुल्दासम्म उनले योजनाको नाम जिल्ला प्राविधिक कार्यालयमा बुझाएकी छैनन् ।’ जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले सुरुमा सबै सांसदले योजना बुझाएको दाबी गरे ।
तर, कार्यालयमा फोटोकपी माग गर्दा सांसद चापागाईले निवेदन दिएपनि योजना बितरण गरेर नबुझाएको पुष्टि गरे । ‘निबेदन दिनुभएको छ, अहिले (असोज २९ गते ५ बजे) सम्म कुन योजनामा कति बजेट बिनियोजन भएको बुझाउनुभएको छैन’ भण्डारीले भने । सांसद विकास कोषअन्र्तगत सांसदले आर्थिक बर्षभित्र ५० लाख रुपैयाँ योजना बनाएर खर्च गर्न पाउँछन् । तर सांसद पदबाट हटेपछि त्यो रकम बितरण गर्ने काम अबैध हुन्छ ।

spot_img

भर्खरै